News Griha :: न्यूजगृह
आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई प्रहरीले बाटैबाट फर्कायो, काठमाडौं पस्नै निषेध? 

काठमाडौं— आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । 

स्रोतका अनुसार प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलाको बाटो हुँदै गौशाला आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो । त्यहाँ केहीबेर वादविवाद भएको थियो ।

तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ । प्रहरीका अनुसार प्रसाईँलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १३:४६
Weather Update