राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ? बिहीबार, पुस १२, २०८०

सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस बिहीबार, पुस १२, २०८० नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मलकुमार थापाको नाम सिफारिस गरेको छ । रथी सिताराम खड्काले पुस ३ मा अवकाश पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।
सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ किनबेच? बिहीबार, पुस १२, २०८० एकैदिन एक हजार तीन सय रुपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सुर्तीजन्य पदार्थ बिक्रीमा विराटनगर महानगरको कडाइ, ५९ किलो नष्ट गरियो बिहीबार, पुस १२, २०८० पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाइमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताए ।
प्रचण्डको ३९ सदस्यीय जम्बो सचिवालय, छोरी गङ्गा बाहेकलाई हटाइँदै बिहीबार, पुस १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय हेरफेरको तयारी गरेका छन् । सचिवालयको भूमिकामा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्रीले स्वकीय सचिवालय र निजी सचिवालय हेरफेरको तयारी गरेको स्रोतको दाबी छ । तर सबैभन्दा धेरै प्रश्न उठेको छोरी गङ्गा भने हट्ने छैनन् ।

पशुपतिनाथ मन्दिर परिसरबाट अपहरणमा परेकी नाबालिका अपहरण मुक्त बिहीबार, पुस १२, २०८० गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट अपहरण मुक्त गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय स्रोतले बतायो । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

७० वर्षीया सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा बिहीबार, पुस १२, २०८० सामान्यतया महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा मेन्सुरेसन अनियमित हुने गर्छ । यस समयमा प्रजनन क्षमता घट्छ तर औषधिको विकासले उनीहरूलाई बच्चा जन्माउन सम्भव बनाएको छ ।

जन्मकैद सजाय पाएका सिराहाका ५६ वर्षीय इब्राहिम मिया पक्राउ बिहीबार, पुस १२, २०८० खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज, अधिकार प्रत्यायोजन गर्न सङ्घलाई दबाब दिने बिहीबार, पुस १२, २०८० सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदैछन् भने भेलाले संघीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ । यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए ।

जबरजस्ती करणी मुद्दा : सन्दीपका कानुन व्यवसायीले आज बहस गर्ने, फैसला आजै आउन सक्ने बिहीबार, पुस १२, २०८० मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाईप्रोफाइल वकिलहरूले बहस गर्दैछन् । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरुदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्नेछन् । अन्य कानुन व्यवसायीमा कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरे, मुरारी सापकोटा र थप एक वकिल छन् ।

सरकारका एक वर्ष : सञ्चार क्षेत्रमा नीतिगत पहल बिहीबार, पुस १२, २०८० २०४७ सालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक र छापाखाना तथा प्रकाशनसम्बन्धी हकलाई विशेष महत्व दिई पहिलोपटक स्थापित गर्यो । संविधानप्रदत्त उक्त हकलाई कार्यान्वयन गर्दै २०४८ सालमा छापाखाना र प्रकाशनसम्बन्धी ऐन जारी गरी कार्यान्वयनमा आयो भने २०४९ मा राष्ट्रिय सञ्चार नीति बनाई लागू गरियो ।

पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा बिहीबार, पुस १२, २०८० बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडीआईजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठक आज बिहीबार, पुस १२, २०८० पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रिय सभाको चुनावबारे पनि छलफल हुनेछ । त्यस्तै, बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनले बताए ।









