News Griha :: न्यूजगृह
बिहीबार नयाँ रेकर्ड राखेको सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच?
बिहीबार नयाँ रेकर्ड राखेको सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच? साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । 
सुतेकै अवस्थामा नेपाली युवक कोरियामा मृत भेटिए
सुतेकै अवस्थामा नेपाली युवक कोरियामा मृत भेटिए रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । 
गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा  
गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा   गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।उनीविरूद्ध परेको रिटको पेसी शुक्रबार सर्वोच्चकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।  बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइ शुक्रबार...
पाकिस्तानले नयाँ वर्ष नमनाउने 
पाकिस्तानले नयाँ वर्ष नमनाउने  पाकिस्तान सरकारले नयाँ वर्ष २०२४ नमनाउने घोषणा गरेको छ ।कार्यवाहक प्रधानमन्त्री अनावरुल हक काकरले राष्ट्रका नाममा सम्बोधन गर्दै प्यालेस्टिनीहरू प्रति ऐक्यबद्धता देखाउन र नयाँ वर्षमा संयम र नम्रता देखाउन देशवासीलाई आग्रह गरेका छन् । 
झापाको एक प्लाई उद्योगमा आगलागी, तीन लाख बराबरको क्षति
झापाको एक प्लाई उद्योगमा आगलागी, तीन लाख बराबरको क्षति अनुप अग्रवालले सञ्चालन गरेको सो प्लाई फ्याक्ट्री नजिकै साइडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउँमा शुक्रबार बिहान ४ बजे अचानक आगलागी भएको बताइएको छ ।  
लाइभ नगरिएको कांग्रेस बैठकमा के हुँदैछ ?
लाइभ नगरिएको कांग्रेस बैठकमा के हुँदैछ ? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपटक केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न दिएनन् ।गत साउनमा सभापति देउवाले अप्रत्याशितरुपमा पार्टीको बैठक सामाजिक सञ्जालमा लाइभ गर्ने निर्णय लिएका थिए । मङ्सिरमा बसेको बैठकमा पनि त्यसलाई निरन्तरता दिइयो । तेस्रो बैठकमा आइपुग्दा खेरि नै कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको छ ।    
बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका– ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार व्यहोरेको छ । दक्षिण अफ्रिकाले दोस्रो इनिङमा बनाएको ४०८ रन दुई इनिङमा पनि बनाउन नसकेपछि भारत एक इनिङ र ३२ रनले पराजित भएको हो ।
प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमै वेष्टहमसँग पराजित, शीर्ष स्थानमा पुग्ने अवसर गुमायो
प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमै वेष्टहमसँग पराजित, शीर्ष स्थानमा पुग्ने अवसर गुमायो प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमै वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएको छ । यस हारले आर्सनललाई शीर्ष स्थानमा उक्लन बाट बञ्चित गर्‍यो ।
सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा आज फैसला आउन सक्ने
सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा आज फैसला आउन सक्ने क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । बिहीबार बहस भएर ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । सुनुवाइ नसकिएपछि बिहीबार हेर्दाहेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७७ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।
मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु
मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक/दुई स्थानमा हल्का देखि मध्यम हुस्स लागेको छ ।
Weather Update