News Griha :: न्यूजगृह
बिहीबार नयाँ रेकर्ड राखेको सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं— साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । 

शुक्रबार भने सुन अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । 

बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:१२
Weather Update