ग्यालेक्सी फोरके टीभीलाई ऋण दिने सूर्यदर्शन सहकारीका उपाध्यक्ष पक्राउ शुक्रबार, पुस १३, २०८०

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेसले अवरोध नगर्ने बिहीबार, पुस १२, २०८० मन्त्रिपरिषद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदस्य हेरफेर गर्न चाहे नेपाली कांग्रेसले अवरोध नगर्ने पार्टीका सूचना विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार भएको केन्द्रीय समिति बैठकका बारेमा जानकारी दिँदै उनले गठबन्धन सरकारको नेतृत्वले एकदलीय सरकार जसरी हठात् परिवर्तन गर्न स्वाभाविक नहुने भएकाले शीर्ष नेताहरूको सहमतिमा मन्त्री...

मानवीय त्रुटिले पोखरामा यती एअरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोग बिहीबार, पुस १२, २०८० गत वर्षको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिलाई मुख्य कारण मानिएको छ ।६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको उक्त विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्यन...
![यी हुन् डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६१ उद्योग [नामसहित]](https://newsgriha.com/uploads/posts/Kulman-Ghising-1703762788.jpg)
यी हुन् डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६१ उद्योग [नामसहित] बिहीबार, पुस १२, २०८० नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोगबापतको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको जनाएको छ । प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ उपभोक्ताले प्रिमियमसहित तिरेको र ६१ उद्योग बाँकी रहेको देखिएको हो । डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल...

विद्युत कटौती नै बक्यौता असुलीको अन्तिम उपाय : कुलमान बिहीबार, पुस १२, २०८० उद्योगले प्रयोग गरेका ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादबारे प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तिम चरणमा आएर लाइन काट्न बाध्य भएको प्रष्टिकरण दिए । प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल समेतको सहमतिमा भन्दै ९ वटा उद्योगको विद्युत लाइन काटेको छ । घिसिङले महसुल असुलीका लागि प्राधिकरण पछि नहटी क्रमिक रूपले लाइन...

गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट दर्ता, पेसी भोलि बिहीबार, पुस १२, २०८० गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । बिहीबार गभर्नर अधिकारीविरूद्ध रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।अधिवक्ता दीपकराज जोशीसहित चार जनाले उनीविरूद्ध केही समयअघि नै रिट निवेदन दिएका थिए । उक्त रिट आजमात्रै दर्ता भएको हो । यसको...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दुई महिनाभित्र ‘ब्रेकथ्रु’ हुने, ९८.६ मिटर खन्न बाँकी बिहीबार, पुस १२, २०८० नागढुंगा–सिस्नेखोला सुरुङ अब करिब ९९ मिटर मात्र खन्न बाँकी रहेको छ । मुख्य सुरुङको ९८.६ मिटर खन्न बाँकी रहेको छ । समग्र रूपमा सुरुङ खन्ने काम १.८ प्रतिशत मात्र बाँकी रहेको छ । अहिले यो सुरुङमा दुई सिफ्टमा गरेर निर्माणको काम भइरहेको छ । आगामी दुई महिनाभित्र ‘ब्रेकथ्रु’ गर्ने गरी...

धरानका मेयरको गैरकानुनी काम, कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाए देखाए अराजकता बिहीबार, पुस १२, २०८० सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन् ।यसअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए ।

बाँकेको मध्यवर्ती क्षेत्रमा फेला पर्यो सकेट बम बिहीबार, पुस १२, २०८० मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ ।

युवा लक्षित स्टार्टअप बिजनेशलाई प्राथमिकता दिन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन बिहीबार, पुस १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूका निम्ति स्टार्टअप बिजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा उनले उक्त निर्देशन दिएका हुन् ।

इजाजतपत्र नवीकरण गर्न चलचित्र घरहरूलाई बोर्डको अनुरोध बिहीबार, पुस १२, २०८० चलचित्र विकास बोर्डले चलचित्र घरहरूले इजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने इजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

४ करोड ठगी आरोपमा सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर बिहीबार, पुस १२, २०८० नेपाल सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध ठगी आरोपमा अभियोग पत्र दायर भएको छ ।सहकारीमाथि एकै व्यक्तिको करिब ४ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । सुरेश चन्द पोदारले ३ करोड ८५ लाख ९० हजार रुपैयाँ ठगिएको भन्दै उक्त सहकारीविरुद्ध जाहेरी दिएका थिए ।

मतदातामाझ रविको प्रष्टिकरण– सहकारीको रकम हिनामिना गरेको छैन बिहीबार, पुस १२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टिकरण दिएका छन् । चितवन निर्वाचन क्षेत्र २ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा उनले आफ्नो बारे भएको टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको बताए ।









