सहकारी घोटाला मुद्दामा १९ जना दोषी ठहर, २१ जनालाई सफाइ बिहीबार, पुस १२, २०८०

बाराबाट १५ लाख मूल्य बराबरका मोबाइलसहित एक जना पक्राउ बिहीबार, पुस १२, २०८० बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए । विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाटै बरामद गरेको हो ।

यस्तो छ आजको मौसम पूर्वानुमान बिहीबार, पुस १२, २०८० हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

अमेरिका पठाइदिने भन्दै २६ लाख ठगी गरेको आरोपमा ५९ वर्षीय ठकुरी पक्राउ बिहीबार, पुस १२, २०८० ठकुरीले कृतेश खरेलसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ तलब हुन्छ भनी २६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

सात महिना हिरासतमा बसेर रिहा भए शरणार्थी नेता टेकनाथ रिजाल बिहीबार, पुस १२, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन् । सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर आज रिहा भएका हुन् ।उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

गौशालाबाट २ बर्षिया बालिका हराइन, अपहरण भएको आशंका बुधबार, पुस ११, २०८० पशुपतिनाथ मन्दिर नजिकबाट बालिका हराएकी छन् । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ बालिका हराएकी हुन् ।बालिकाका अभिभावक मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरुले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।

सेनाको हेलिकप्टरमा नातिनी ज्वाइँसहित घुम्न गएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना बुधबार, पुस ११, २०८० नातिनीको खर्चिलो विवाह गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार सेनाको हेलिकप्टरमा नातिनी ज्वाइँसँग घुम्न हिँडेको भन्दै पुनः आलोचना भएको छ ।

नेपाल बैंक घोटाला प्रकरणमा तत्कालीन प्रबन्धक कोइरालालाई ६ वर्ष कैद सजाय बुधबार, पुस ११, २०८० भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालालाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतले उनीविरुद्धको मुद्दामा ५४ लाख ८४ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस बुधबार, पुस ११, २०८० नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मङ्गलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् ।

विवाह दर्ता गर्न नमानेको र हिंसा गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरुद्ध अदालतमा मुद्दा दायर बुधबार, पुस ११, २०८० जानकीका अनुसार, उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो । दोस्री पत्नीसँग पनि सम्बन्ध विच्छेद भएपछि सुरेन्द्रको बिहे जानकीसँग भएको थियो। बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन् ।

महिलालाई लिएर होटल पुगेको १० मिनेट मै पुरुषको मृत्यु बुधबार, पुस ११, २०८० सिरहाको मिर्चैया बजारस्थित ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका पुरुषको मृत्यु भएको छ । सिरहाकै कल्याणपुर नगरपालिका- २ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको बुधबार मृत्यु भएको हो । उनी एक महिला लिएर बुधबार नै होटलमा पुगेका थिए ।

रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य?, केके छन् विशेषता? बुधबार, पुस ११, २०८० रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् ।बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरिको हो ।

अपहरणमा परेका दुई नेपाली नागरिकको भारतबाट उद्धार, ६ अपहरणकारी पक्राउ बुधबार, पुस ११, २०८० दुई जना नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् । चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।









