सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ सकिएन, बाँकी सुनुवाइ भोलि बुधबार, पुस ११, २०८०
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ, १ करोड लिएको आरोप बुधबार, पुस ११, २०८० पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई बुधबार कार्यकक्षबाटै पर्वत प्रहरीले पक्राउ गरेको हो । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वत प्रहरीलाई पत्राचार गरेको थियो ।
-1696254918.jpg)
भ्रष्टाचारी चुडामणि शर्माविरुद्ध अख्तियार सर्वोच्चमा, दियो पुनरावेदनको निवेदन बुधबार, पुस ११, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सन्दीपको मुद्दामा जिल्ला अदालतमा बहस जारी, यी हुन सन्दीपका तर्फबाट बहस गर्ने हाईप्रोफाइल वकिलहरू बुधबार, पुस ११, २०८० क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बहस जारी रहेको छ ।बिहान साढे १० बजेबाट बहस सुरु भएको अदालत स्रोतले जानकारी दियो । न्यायाधीश शिशिरराज ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरु भएको थियो ।

भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण बुधबार, पुस ११, २०८० सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्कनेहरूमा फेरी कोरोना भाइरस देखिन थालेको हो ।पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जना सम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले...
बिचौलियाको मारमा सुन्तला व्यवसायी, भन्छन्– ‘राज्यले उपेक्षा गर्यो’ बुधबार, पुस ११, २०८० दोरम्बा शैलुङ गाउँपालिका– ४ टेक्सिङका किसान पेमासिं तामाङले व्यावसायिक रूपमा सुन्तला खेती गर्न थालेको ३० वर्ष भयो । गाउँका सबैले धेरथोर सुन्तला लगाएका छन्, तर उनले भने व्यावसायिक रूपमा नै सुन्तला बगैँचा बनाएका छन् । गाउँका ३० घर बढीले सुन्तला लगाएका छन् । पेमासिं र उनका दाजु औतारसिंका ठूलाठूला बगैँचा...

इजरायलसँग लड्न हुथी विद्रोहीका २० हजार लडाकु तयार बुधबार, पुस ११, २०८० यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ ।लडाकुहरू हुथी कमान्डर अब्दुल मलिक अल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

साँझ पुनः बस्ने गरी सकियो समाजवादी मोर्चाको बैठक बुधबार, पुस ११, २०८० बिहान ८ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजै फैसला आउँछ? बुधबार, पुस ११, २०८० गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको छिनोफानो न्यायाधीश ढकालकै टेबलमा हुनेछ ।

सरकारले बनाइदियो डेढ लाख परिवारलाई सुरक्षित आवास बुधबार, पुस ११, २०८० सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत डेढ लाख परिवारलाई सुरक्षित आवास अनुदान दिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार सार्वजनिक सरकारको प्रगतिमा सरकारले कार्यक्रमअन्तर्गत अहिलेसम्म डेढ लाखभन्दा धेरै परिवारलाई सुरक्षित आवास बनाएको उल्लेख छ ।

स्वीडेन नाटोमा आवद्ध हुने सम्भावना बढ्यो बुधबार, पुस ११, २०८० नाटो सदस्यताको बदलामा, स्वीडेनले टर्कीको युरोपेली सङ्घमा सामेल हुने प्रयासलाई समर्थन गर्नेछ । एर्डोगानले स्वीडेनको सदस्यताको बारेमा भनेका थिए कि स्वीडेनको नाटो प्रस्तावलाई टर्कीको संसद्ले अनुमोदन गर्नु अघि युरोपियन युनियन (ईयू) ले उनीहरूलाई सदस्य बनाउनुपर्छ ।

बालुवाटारमा समाजवादी मोर्चाको बैठक बुधबार, पुस ११, २०८० समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

वरिष्ठ हवलदारसहित २१ प्रहरी एक महिनादेखि सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन बुधबार, पुस ११, २०८० यस्तै फेरि २१ जना प्रहरी गैर हाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सात दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक...








