News Griha :: न्यूजगृह
इजरायलसँग लड्न हुथी विद्रोहीका २० हजार लडाकु तयार

काठमाडौं— यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ ।

लडाकुहरू हुथी कमान्डर अब्दुल मलिक अल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले  जनाएका छन् ।

यमनी समाचार एजेन्सी साबाले २० हजार लडाकुहरूको प्रशिक्षण पूरा भएको अवसरमा उत्तरपश्चिमी यमनी प्रान्त हज्जाहमा परेड पनि आयोजना गरिएको बताएको छ ।

यस क्रममा हुथी लडाकुहरूले आफ्नो हतियार र सैन्य शक्ति प्रदर्शन गरेका थिए । हुथी इरानको नियन्त्रणमा रहेको यमनमा सक्रिय सिया आतङ्कवादी समूह हो ।

हुथी लडाकुहरूले इरानबाट हतियार, तालिम र पैसा पाउँछन् । हुथी विद्रोहीहरूले गाजा पट्टीमा इजरायली आक्रमण नरोकेसम्म र मानवीय सहायता नपुगेसम्म आफ्नो आक्रमण नरोकिने दाबी गरेका छन् ।

हुथीले अमेरिकालाई यमनमा आक्रमण नगर्न चेतावनी पनि दिएको छ । हुथी नेता अब्दुल मलिक अल हुथीले अमेरिकाले यमन विरुद्ध कुनै प्रकारको आक्रामक कारबाही गरेमा ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।

उनले अमेरिकालाई भियतनाम युद्धमा जस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:५२
Weather Update