News Griha :: न्यूजगृह
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजै फैसला आउँछ?  

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।

गत आइतबार 'हेर्दाहेर्दै'मा राखिएको मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ ।

गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको छिनोफानो न्यायाधीश ढकालकै टेबलमा हुनेछ ।

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस गर्ने वकिल धेरै भएकाले आज पनि अन्तिम फैसला आउने सम्भावना भने न्यून छ ।  

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:५८
Weather Update