News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ सकिएन, बाँकी सुनुवाइ भोलि

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ ।

तर बुधबार पनि सुनुवाइ सकिएन । सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ । सोमबार र मंगलबार बिदा परेकोले बुधबारमात्र सुनुवाइ भएको हो । 

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरूले बहस गरेका छन् । सन्दीपका कानुन व्यवसायीको बहस र पीडित पक्षको जबाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:५६
Weather Update