News Griha :: न्यूजगृह
अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैनः प्रधानमन्त्री 
अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैनः प्रधानमन्त्री  मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दलहरू, अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन,  विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने भन्दै अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेको हुन् । 
मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको स्पष्ट संकेत
मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको स्पष्ट संकेत एक वर्षपछि मन्त्रीहरू बदल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई सम्बोधनमा जोड दिँदै कार्यक्षमताको कुरा उठाएका हुन् । 'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफ्नो...
आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन  : प्रधानमन्त्री प्रचण्ड 
आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन  : प्रधानमन्त्री प्रचण्ड  सरकार गठनको एक वर्ष पुगेका अवसरमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘हामी सबै आआफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैसँग गरेको बाचा पनि...
देशवासीसमक्ष प्रधानमन्त्रीको प्रण : आफैँ बदलिएर राष्ट्र निर्माणमा निर्णायकरूपमै होमिन चाहन्छु
देशवासीसमक्ष प्रधानमन्त्रीको प्रण : आफैँ बदलिएर राष्ट्र निर्माणमा निर्णायकरूपमै होमिन चाहन्छु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आगामी दिनमा आफैँ बदलिएर राष्ट्र निर्माणमा होमिन चाहेको बताएका छन् ।सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै उनले राज्यका सबै निकायलाई समेत क्रमभंगता गर्ने घोषणासमेत गरेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सुनाए एक वर्षे उपलब्धि [पूर्णपाठ]
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सुनाए एक वर्षे उपलब्धि [पूर्णपाठ] प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने  प्रधानमन्त्रीको प्रतिवद्धता छ ।
कार्यशैली बदल्छु, अत्यावश्यक बाहेकका कार्यक्रममा जाँदिन : प्रधानमन्त्री
कार्यशैली बदल्छु, अत्यावश्यक बाहेकका कार्यक्रममा जाँदिन : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् ।केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने  प्रधानमन्त्रीको प्रतिवद्धता छ ।
बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौँ : अर्थमन्त्री महत
बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौँ : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार सौराहामा उद्घाटन गर्दै उनले आवश्यक बजेट मन्त्रालयले माग गर्ने व्यवस्था भइरहेको भन्दै आन्तरिक बजेटमा अनुशासनहीनता घट्ने बताए ।
उपचाररत बिरामीको मृत्युपछि आफन्तले गरे अस्पताल तोडफोड, मनमोहन सामुदायिक अस्पताल तनावग्रस्त
उपचाररत बिरामीको मृत्युपछि आफन्तले गरे अस्पताल तोडफोड, मनमोहन सामुदायिक अस्पताल तनावग्रस्त  उपचाररत बिरामीको मृत्यु भएपछि उनका आफन्तले मंगलबार झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा तोडफोड गरेका छन् ।
डिभोर्स माग्दा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ  
डिभोर्स माग्दा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ   सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापालगायत छन् । पक्राउ पर्नेमा राजनीतिमा सक्रिय व्यक्तिसमेत हुन् । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।
बालबालिका र बूढापाकाले धानेको रायडाँडा गाउँ
बालबालिका र बूढापाकाले धानेको रायडाँडा गाउँ दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए । जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले । हरेक वर्ष बजार झर्नेको सङ्ख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ । गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ । नजिकै...
परराष्ट्रमन्त्री साउद भन्छन्— रुसी सेनामा संलग्न करिब १०० नेपाली हराइरहेको र घाइते भएको उजुरी छ
परराष्ट्रमन्त्री साउद भन्छन्— रुसी सेनामा संलग्न करिब १०० नेपाली हराइरहेको र घाइते भएको उजुरी छ परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको र घाइते भएको उजुरी आएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान रहेको पनि बताएका छन् ।
Weather Update