News Griha :: न्यूजगृह
डिभोर्स माग्दा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ  

सिन्धुली— सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापालगायत छन् । पक्राउ पर्नेमा राजनीतिमा सक्रिय व्यक्तिसमेत हुन् । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

कमलामाई नगरपालिका– ४ की शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा उनका श्रीमानसहित ७ जना पक्राउ परेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले जानकारी दिए । 

खनालका अनुसार पोलमा बाँधेर राखेकै अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको हो । उद्धारको समयमा उनी बेहोस थिइन् । यसबारेमा थप अनुसन्धान भइरहेको छ । 

शारदाले डिभोर्सका लागि अदालतमा मुद्दा दर्ता गराएपछि त्यो मुद्दा फिर्ता गराउनका लागि कुटपिट भएको हुनसक्ने प्रहरीको आशंका छ ।  

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:१९
Weather Update