News Griha :: न्यूजगृह
बारामा गोली हानेर भारतीय ‘सार्प सुटर’ पक्राउ
बारा प्रहरीले गोली हानेर पक्राउ गरेको ‘सार्प सुटर’ सुजितकुमार सिंह

काठमाडौं— बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ । 

भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको विश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

मंगलबार राति आठ बजे विश्रामपुर गाउँपालिका- ३ मा खुट्टामा गोली हानेर प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ गर्न लाग्दा भागेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । 

बारा प्रहरीका डीएसपी दधिराम न्यौपानेले सिंहको कलैया अस्पतालमा भइरहेको छ । उनका अनुसार सिंह खतरामुक्त छन् । 

सिंहको साथबाट प्रहरीले एक थान पेस्तोल र पाँच राउन्ड गोलीसमेत बरामद गरेको छ ।

‘सार्फ सुटरको रुपमा चिनिएका सुजितकुमार सिंहको समूह नेपाल प्रवेश गरेको छ । उनीहरुले बारामा जुनसुकै घटना घटाउन सक्छन् भन्ने सूचना हामीलाई प्राप्त भएपछि हामी उनीहरुको निगरानीमा लागेका थियौँ,’ डीएसपी न्यौपानेले भने, ‘मंगलबार राति आठ बजे विश्रामपुर गाउँपालिका-३ मा हाम्रो टोलीसँग उनको समूहको भेट भयो । उनीहरु चार जनाको संख्यामा थिए । त्यसमध्येका मुख्य नाइके सिंहलाई हामीले पक्राउ गरेका छौँ। अरु तीन जना फरार भएका छन् ।’

कात्तिक १३ गते सिंहसहितको समूहले बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या गरेको प्रहरीले जनाएको छ ।  

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा ३५ वर्षीय स्वर्णकारमाथि गोली प्रहार गरेर हत्या गरिएको थियो । 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०७:३१
Weather Update