कारको ठक्करबाट पोखरामा २ पैदलयात्रीको मृत्यु मंगलबार, पुस १०, २०८०
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] मंगलबार, पुस १०, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ ।

उँधौली पर्व आज, यःमरी पुन्हि पनि आजै मंगलबार, पुस १०, २०८० प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उँधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

कुन बस कहाँ आइपुग्यो, यात्रुले कति कुर्ने भन्ने थाहा पाउने व्यवस्था गरिँदै मंगलबार, पुस १०, २०८० काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि २६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि महानगरले चालु आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।महानगरले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण...

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै मंगलबार, पुस १०, २०८० आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली मंगलबार, पुस १०, २०८० तराईका केही भूभागमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

तीन दलबीचको छलफल सकियो, के भयो सहमति? सोमबार, पुस ९, २०८० बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेताहरूले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । माओवादी सशस्त्र युद्धमा समयमा भएका घटनाहरूको सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गरी शान्ति प्रक्रियाको काम टुंगो लगाउने भन्दै सरकारले प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐनको संशोधन विधेयक दर्ता गरेको छ ।
रेड कर्नर नोटिस जारी भएका नेपाली कतारबाट पक्राउ सोमबार, पुस ९, २०८० ठगी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेरका उनीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । कतारमा पक्राउ परेका उनलाई नेपाल फिर्ता ल्याइएको छ ।
-1703509225.jpg)
सुरक्षा पन्तको मुख्य भूमिकामा नेपाली वेब सिरिज ‘खेल’ निर्माण हुने, नेटफ्लिक्समा रिलिज गर्ने तयारी सोमबार, पुस ९, २०८० बलिउडका दर्जन बढी चलचित्रमा सहनिर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यो सिरिजमा अभिनेत्री सुरक्षा पन्तले मुख्य पात्रको अभिनय गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओली लगायतको अभिनय रहने छ ।

घर आगलागी हुँदा सुत्केरीसहित परिवारको बिचल्ली सोमबार, पुस ९, २०८० दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ ।आगलागीबाट सार्कीको जस्तापाताले छाएको तीनतले घर, नगद एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जा सतिहका कागजात, लत्ताकपडा, भाँडाकुँडा, अन्नपानी, काठपात लगायतका सामग्री जलेर नष्ट भएको हो ।

सङ्क्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा बालुवाटारमा तीन दलको बैठक सोमबार, पुस ९, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको छलफल शुरु भएको छ ।सङ्क्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल गर्न लगातार दोस्रो दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

अवरुद्ध बीपी राजमार्ग खुल्यो सोमबार, पुस ९, २०८० सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थल मै मृत्यु भएको थियो ।

भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी, तर भोलिसम्म थुनामै रहने सोमबार, पुस ९, २०८० केन्द्रीय कारागार कार्यालय स्रोतका अनुसार उनी सम्भवतः बुधबार रिहा हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।









