प्रधानमन्त्री कप महिला क्रिकेटः कर्णालीको लगातार चौथो हार सोमबार, पुस ९, २०८०

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने सोमबार, पुस ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भोलि मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

के सुन तस्करको संरक्षक गृहमन्त्री हुन्? सोमबार, पुस ९, २०८० नारायणगढमा सोमबार बिहान रास्वपा सभापति रवि लामिछानले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कडा आलोचना गरे ।आलोचना मात्र गरेनन् लामिछानेले श्रेष्ठमाथि केही गम्भीर आरोप पनि लगाएका छन्। पत्रकारहरूसँग लामिछानेले गृहमन्त्रीलाई आफूले सुन तस्करको सूचना दिएपनि संरक्षण गर्ने काम गरेको दाबी गरे ।

राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँड गर्न सत्ता गठबन्धनमा सकस सोमबार, पुस ९, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनलाई भागबन्डा मिलाउन कठिन हुने देखिएको छ । एकातिर गठबन्धनकै प्रमुख दलहरूको बढी सिट लिने रणनीति र अर्कोतिर प्रतिपक्षी गठबन्धन बनाउने प्रतिपक्षी दलको घोषणाका कारण गठबन्धनमा सिट बाँडफाँड पेचिलो बन्न सक्ने देखिएको छ ।

मृतक आरती साहका पति मोतिबाबु पक्राउ सोमबार, पुस ९, २०८० मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए ।

बारा प्रहरीले बरामद गर्यो १ करोड १५ लाखको प्याज सोमबार, पुस ९, २०८० जिल्ला प्रहरी कार्यालय बारा र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको प्याज नियन्त्रणमा लिएको हो ।

व्यवस्था कमजोर पार्नेहरूविरुद्ध एक भएर लड्न आवश्यक : सभापति देउवा सोमबार, पुस ९, २०८०
![बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुई जनाको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/bus-and-motorcycle-accident-1703482161.jpg)
बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुई जनाको मृत्यु [अपडेट] सोमबार, पुस ९, २०८० बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका– ३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।सोमबार बिहान काठमाडौंबाट खोटाङ जाँदै गरेको बा.प्र–०१–००६ ख ४५९३ नं को बसले बा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

युक्रेनले पहिलो पटक २५ डिसेम्बरमा क्रिसमस मनाउँदै सोमबार, पुस ९, २०८० रुससँग झण्डै २ वर्षदेखि लडाइमा रहेको युक्रेनले यस वर्ष क्रिसमस डे मनाउँदैछ । जनवरी ७ तारिखमा रुस, युक्रेन ग्रीस, इथियोपिया र इजिप्टमा अर्थोडक्स क्रिसमस मनाइन्छ । संसारमा करिब २४ करोड अर्थोडक्स क्रिश्चियनहरू छन् ।

कैद भुक्तान सकिने दिनमै कैदीको मृत्यु सोमबार, पुस ९, २०८० मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर—१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान पौने ७ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु सोमबार, पुस ९, २०८०

माओवादी अध्यक्ष प्रचण्डका सुरक्षा गार्ड रहिसकेका पूर्व लडाकु कमान्डर 'जटिल'ले गरे आत्महत्या सोमबार, पुस ९, २०८० अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका अन्दाजी ४५ वर्षीय जटिल रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रस्थित उरन शहरमा थिए । पारिवारिक स्रोतका अनुसार जटिलले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेका हुन् ।

आजको मौसम : वर्षा र हिमपात नहुने सोमबार, पुस ९, २०८० देशका अधिकांश भूभागमा आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ । आज बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।









