News Griha :: न्यूजगृह
डब्लूएचओले भन्यो- 'कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनू'
डब्लूएचओले भन्यो- 'कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनू' कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुएन्जाको सङ्क्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ ।दक्षिणपूर्वी एसियाली देशहरूमा यसको सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो सङ्क्रमणबारे सजग रहन र सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको हो ।      
रविले कारबाही नगर्नु भन्दाभन्दै पनि किन मुद्दा चलाइयो 'खोया' हान्ने रानाभाटलाई ?
रविले कारबाही नगर्नु भन्दाभन्दै पनि किन मुद्दा चलाइयो 'खोया' हान्ने रानाभाटलाई ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका ३४ वर्षीय सन्तोष रानाभाटविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।शनिबार अमरसिंह चौरमा रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेलाई रानाभाटले खोया प्रहार गरेका थिए । तर, लामिछानेले कार्यक्रमबाटै उनलाई छाडिदिन आग्रह गरेका थिए । 
विद्युत् महसुल नतिर्ने थप पाँच उद्योगको लाइन काटियो
विद्युत् महसुल नतिर्ने थप पाँच उद्योगको लाइन काटियो नेपाल विद्युत् प्राधिकरणले थप पाँच उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर सिमेन्ट, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो ।
बक्यौता तिर्न अटेर गर्ने लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको विद्युत लाइन काटियो 
बक्यौता तिर्न अटेर गर्ने लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको विद्युत लाइन काटियो  नेपाल विद्युत प्राधिकरणले आइतबार थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो।प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ।
घले समूहले मात्रै त्रिभुवन विमानस्थलबाट भित्र्याएको थियो १३८ किलो सुन [प्रतिवेदनसहित]
घले समूहले मात्रै त्रिभुवन विमानस्थलबाट भित्र्याएको थियो १३८ किलो सुन [प्रतिवेदनसहित] गत मंसिर २१ गते राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले आइतबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।
रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटियो
रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटियो पोखरा नुडल्सको रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटिएको छ । म्याग्दीको किराना पसलमा केही महिना अगाडि न्यूनस्तरको खाद्य पदार्थ भेटिएको थियो ।
एमाले सांसद कोइरीको निलम्बन फुकुवा
एमाले सांसद कोइरीको निलम्बन फुकुवा संघीय संसद् सचिवालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेको छ । सांसद कोइरीमाथि मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका थिए ।अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र १ बाट चुनाव जितेका थिए । 
अफलाइन चलाउने पठाओ र इनड्राइभका ४८ जना राइडर पक्राउ
अफलाइन चलाउने पठाओ र इनड्राइभका ४८ जना राइडर पक्राउ अफलाइन ड्राइभ गरेको भेटिएपछि उनीहरूलाई शनिबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुङ्गेलले बताए । 
रविलाई मकैको खोया प्रहार गर्ने रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति
रविलाई मकैको खोया प्रहार गर्ने रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।सार्वजनिक शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा ‘हेर्दाहेर्दै’मा, अब बुधबार मात्र सुनुवाइ
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा ‘हेर्दाहेर्दै’मा, अब बुधबार मात्र सुनुवाइ आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।
उद्योगहरू अप्ठ्यारोमा परेका बेला सरकारले विद्युत लाइन काटेको भन्दै ओलीको असन्तुष्टि
उद्योगहरू अप्ठ्यारोमा परेका बेला सरकारले विद्युत लाइन काटेको भन्दै ओलीको असन्तुष्टि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरू आफै बन्द भइरहेको अवस्थामा विद्युत लाइन काटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा उनले उद्यमी व्यवसायीहरू तड्पिरहेको अवस्थामा सरकारले विद्युत कटौतीको काम गर्न नहुने भन्दै सम्झौता बमोजिम काम गर्न आग्रह गरे । 
प्रहरी हत्या आरोपमा सफाइ पाएका सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन
प्रहरी हत्या आरोपमा सफाइ पाएका सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएकाले सांसदको रुपमा संघीय संसद्‌मा सहभागी हुन पाउनुपर्ने माग उनले निवेदनमा गरेका छन् । संघीय संसद्‌का निमित्त महासचिव पदमप्रसाद पाण्डेयले निवेदन आएको बताए । ‘पत्र प्राप्त भएको छ, निर्णयको प्रक्रियामा छ’, उनले भने ।
Weather Update