News Griha :: न्यूजगृह
कतारमा मृत्युदण्डको सजाय पाएका सुवासलाई स्वदेश फर्काइयो 
कतारमा मृत्युदण्डको सजाय पाएका सुवासलाई स्वदेश फर्काइयो  कतारको अदालतले मृत्युदण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउत स्वदेश फर्किएका छन् । सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन वर्ष कैदसहित मृत्युदण्ड वा ९० लाख रुपैयाँ ब्लड मनी दिनुपर्ने फैसला सुनाएको थियो ।
काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा न. ३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ महिनामा १२ सय किलो सुन आयात 
५ महिनामा १२ सय किलो सुन आयात  चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मङ्सिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ ।
उच्च अदालतमा स्वचालित पेसी व्यवस्थापन सुरु 
उच्च अदालतमा स्वचालित पेसी व्यवस्थापन सुरु  देशभरका सबै उच्च अदालतहरूका मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएको छ । आज बिहान उच्च अदालत पाटनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको उद्घाटन गरेसँगै देशभरका उच्च अदालतहरूमा स्वचालित पेसी प्रणाली सुरु गरेका हुन् । 
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज 
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज  प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ३ बजे हुने जानकारी दिएको छ।  शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौ जना पुगेको छ। 
स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गर्ने दुई जना पक्राउ
स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गर्ने दुई जना पक्राउ मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार जातीय भेदभाव गरेको आरोपमा झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको हो ।
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । 
भक्तपुरमा सई मृत भेटिए 
भक्तपुरमा सई मृत भेटिए  आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुङ्गानाले बताए । ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन् ।
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको हो । सो भेटमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकसमेत सहभागि थिए । 
झापाको बेलडाँगी शरणार्थी शिविरमा आगलागी, तीन छाप्रा जले
झापाको बेलडाँगी शरणार्थी शिविरमा आगलागी, तीन छाप्रा जले झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन वटा छाप्राहरू जलेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ३ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी ४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ   
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ    क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक...
स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी
स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेभिल्लालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै एट्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई पछि पारेको हो ।
Weather Update