५ महिनामा १२ सय किलो सुन आयात
काठमाडौं— चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मङ्सिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ ।
गत वर्ष मङ्सिरसम्म नेपालले १० अर्ब ७५ करोडको एक हजार ४ सय ६६ किलो सुन आयात गरेको थियो । तथ्याङ्कअनुसार सुनको आयात परिमाणमा २६५ किलो र आयात रकम करिब ७८ करोडले कम हो ।
विभागकाअनुसार चालु आर्थिक वर्षको मङ्सिरसम्म नेपालले एक हजार २ सय एक किलो सुन आयात गरेको छ । कात्तिकसम्म नेपालमा एक हजार किलो सुन आयात भएको थियो ।
सुनको धेरै खपत हुने मंसिर महिनामा मात्रै सुन आयात परिमाण २ सय एक किलोले बढेको भन्सारले जनाएको छ । जसको लागत एक अर्ब ७६ करोड २९ लाख रुपैयाँ बराबर हुन्छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १४:२०