News Griha :: न्यूजगृह
स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी

काठमाडौं स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेभिल्लालाई १–० गोल अन्तरले पराजित गरेको हो ।  

जितसँगै एट्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई पछि पारेको हो । एट्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अंक भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो ।

रियल मड्रिड र जिरोना समान ४५ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला भने १६ अंकसहित १५ औं स्थानमा छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एट्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो ।

मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अंक लिन सफल भयो । एट्लेटिको मड्रिड ७० औं मिनेटमा १० खेलाडीमा झरेको थियो ।

कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका  कारण भारको  सहयोगमा रातो कार्ड दिइएको थियो ।

१० खेलाडीमा रहेको एट्लेटिको मड्रिडविरुद्ध सेभिल्लाले दबाब बनाउन सकेन ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०७:५७
Weather Update