बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु शनिबार, पुस ७, २०८०

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु शनिबार, पुस ७, २०८० छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

कवाडी सङ्कलनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सहज, कवाडीबाट दैनिक ३० लाखको आम्दानी शनिबार, पुस ७, २०८० सङ्घीय राजधानी काठमाडौं उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहोर निस्कन्छ । यहाँ फोहोर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ ।

‘सेटिङ’मा भिजिट भिसामा पठाउने गिरोहका थप एक पक्राउ शनिबार, पुस ७, २०८० ‘सेटिङ’मा भिजिट भिसामा पठाउने गिरोहबारे अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका-७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरेको हो ।

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु शनिबार, पुस ७, २०८० गएराति १२:१० बजे प्रसौनी गाउँपालिका-२ दुधौरी खोला पुलमा म.प्र०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।

सहकारीको कार्यक्षेत्र विस्तारका लागि एक करोड घुस, पत्रकारसमेत जोडिएको घटनाका आरोपित फरार शनिबार, पुस ७, २०८० पोखरा नयाँबजारस्थित मित्र मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गण्डकीका तत्कालीन सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

फ्रान्सले किन रोक्यो भारतीय यात्रु बोकेको चार्टर्ड विमान? शनिबार, पुस ७, २०८० युनाइटेड अरब इमिरेट्स (यूएई)बाट उडेको उक्त विमान प्राविधिक रोक (इन्फ्युलिङ)का लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो । यो एअरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एअरलाइन्सका लागि प्रयोग गरिन्छ । प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ ।

आफैँलाई चिनौँ : सुखदुःख आफ्नै हातमा छ शनिबार, पुस ७, २०८० मन शान्त र स्थिर हुन्छ । उत्तेजनामा अहङ्कार बढ्छ । शान्तिमा प्रेम बढ्छ । जहाँ शान्ति उहीँ प्रेम हुन्छ । जहाँ उत्तेजना, उहीँ अहङ्कार हुन्छ र ध्यानले शान्ति तिरको यात्रा गराउँछ । उत्तेजनालाई घटाइदिन्छ । त्यसैले ध्यान सर्वोपरि छ । विना ध्यान कोही सुखी हुनै सक्दैन किनभने विना ध्यान अहङ्कार...

ईपीएसका लागि १ लाख ४३ हजार नेपालीले दिए आवेदन, परीक्षार्थीको संख्या १ लाख ७५ हजार पुग्ने शनिबार, पुस ७, २०८० कोरियन भाषा परीक्षा (ईपीएस) का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन् । अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका ईपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीले जानकारी दिएका छन् ।

पाकिस्तानमा इमरान खानको पार्टी पीटीआईको चुनाव चिन्ह खारेज शनिबार, पुस ७, २०८० पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई ठूलो झट्का लागेको छ ।निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाट ब्याट चिन्ह फिर्ता लिएको छ । पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै निर्वाचन आयोगले यस्तो कारबाही गरेको हो ।

म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि शनिबार, पुस ७, २०८० म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति साउदी अरेबियामा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो पटक उपाधि जितेको हो ।
![बढ्यो युरो र पाउण्डको भाउ [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
बढ्यो युरो र पाउण्डको भाउ [सूचीसहित] शनिबार, पुस ७, २०८० आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने, ६ स्थानमा सवारी साधन रोकिने शनिबार, पुस ७, २०८० तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक चार घण्टा बन्द रहने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भीर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६...









