मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

बारा— बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
गएराति १२:१० बजे प्रसौनी गाउँपालिका-२ दुधौरी खोला पुलमा म.प्र०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।
बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका-१३ बलिरामपुरका २२ वर्षीय कुन्दन मेहत्रा र कलैया उपमहानगरपालिका-१२ सितलपुरका २२ वर्षीय अभिमन कुशवाहाको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई गएराति अस्पताल पुर्याइएको थियो। डीएसपी न्यौपानेका अनुसार कुन्दनको उपचारका क्रममा राती १२:४० बजे एलएस न्युरो अस्पतालमा र अभिमनको राति १:५० बजे एनएमसी अस्पताल वीरगञ्जमा मृत्यु भएको हो ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०८० १४:३५