News Griha :: न्यूजगृह
फ्रान्सले किन रोक्यो भारतीय यात्रु बोकेको चार्टर्ड विमान?

काठमाडौं मानव तस्करीको आशङ्कामा फ्रान्सले भारतको चार्टर्ड उडान रोकेर अनुसन्धान थालेको छ । फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु गरेको हो । 

विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ । तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।
पेरिस सरकारी वकिलको कार्यालयले सङ्गठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ इकाई, सीमा प्रहरी र उड्डयनसँग सम्बन्धित एजेन्सीले अनुसन्धान गरिरहेको बताएको छ ।
उनीहरूले सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको छ । 

साथै, विमानका यात्रुसँग पनि सोधपुछ भइरहेको छ । यस सम्बन्धमा कुनै अज्ञात व्यक्तिले जानकारी दिएको बताइएको छ । यो विमान ए–३४० रोमानियाको चार्टर्ड कम्पनी लिजेन्ड एअरलाइन्सको हो । 

युनाइटेड अरब इमिरेट्स (यूएई)बाट उडेको उक्त विमान प्राविधिक रोक (इन्फ्युलिङ)का लागि बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो । यो एअरपोर्ट पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एअरलाइन्सका लागि प्रयोग गरिन्छ । प्रहरीले विमानस्थल पूरै घेराबन्दी गरेको छ ।

 


 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ११:१९
Weather Update