News Griha :: न्यूजगृह
छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं— छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । प्रहरीका कार्यालयका अनुसार काठमाडौंको सुन्दरीजल बसपार्कमा बा २ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुरका २५ वर्षीय सरोज बिकको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, चितवनको कालिका नगरपालिका–१ मा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक २७ वर्षीय विष्णु क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी चितवनको विकास चोकमा ना ६ ख ७९५४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री २३ वर्षीया अमृता मिश्रको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बलवा नगरपालिका–११ रातो खोल पुलमा प्रदेश २–०२–००४ प ३५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार १८ वर्षीय तमन्ना कवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवार साधनको ठक्करबाट अन्दाजी ६० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

बाराको प्रसौनी गाउँपालिका–२ दुधौरा खोलाको पुलमा मप्र.०३–०३० प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २२ वर्षीय कुन्दन मेहता खत्री र अभिमनु कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुन्दनको एलएस न्यूरो अस्पताल परवानीपुरमा र अभिमनुको एनएमसि अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुरको जगातीबाट साँगा जाँदै गरेको बा १० च ८२८३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सल्यानको बागचौर नगरपालिका–३ स्यालागैरामा रा १ क ८५९ नम्बरको डोजर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा सहचालक दाङका २४ वर्षीय दिपेन्द्र चौधरीको मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:१७
Weather Update