प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीको लगातार दोस्रो जित शुक्रबार, पुस ६, २०८०

होटल/गेस्ट हाउसहरूमा बालिकालाई बन्धक बनाएर वेश्यावृत्तिमा लगाउने युवक पक्राउ, ४ जनाको उद्दार शुक्रबार, पुस ६, २०८० आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाइ फकाई होटल र गेस्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरूलाई ५ महिनादेखि होटल र गेस्ट हाउसहरूबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको पनि एसएसपी श्रेष्ठले...

के नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको हो? शुक्रबार, पुस ६, २०८० भारतको केरला र नयाँदिल्लीमा नयाँ भेरियन्टबाट प्रभावित केही व्यक्ति फेला परेको समाचार आइरहेको तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत रहेको प्रवक्ताले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिले भारतमा फेला परेका व्यक्तिमा पनि घातक असर नपाइएको र नेपालमा भित्रिनसकेको बताए ।

काठमाडौंसहित देशभर अत्यधिक चिसो, सतर्कता अपनाउन महाशाखाको अनुरोध शुक्रबार, पुस ६, २०८० देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ ।
उद्यमी तथा साहित्यकार वसन्त चौधरीको ‘मनका कुरा’ शुक्रबारदेखि, सीजी युट्युब च्यानलमा हेर्न सकिने शुक्रबार, पुस ६, २०८० उद्यमी तथा साहित्यकार वसन्त चौधरीले हरेक शुक्रबार सीजी युट्युब च्यानलमार्फत अन्तर्वार्तामा आधारित कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनमा ल्याउने भएका छन् ।

झीं गाउँमा आयातित मदिरा निषेध शुक्रबार, पुस ६, २०८० म्याग्दीको रघुगङ्गा गाउँपालिका– ५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

विद्यालय पोशाक बाहेक अन्य पोशाक किन्न बाध्य पार्ने स्कुललाई काठमाडौं महानगरले कारबाही गर्ने शुक्रबार, पुस ६, २०८० काठमाडौं महानगरपालिकाले विद्यालयहरूले चाडपर्वका नाममा विद्यार्थीलाई विभिन्न पोशाक किन्न बाध्य पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

थुनुवाको मृत्युपछि धनुषामा प्रदर्शन, प्रहरीले चलाएको गोली लागेर एक जना घाइते शुक्रबार, पुस ६, २०८० धनुषाको हंसपुर इलाका प्रहरी कार्यालयको हिरासतमा गएराति एक जना थुनुवाको मृत्यु भएको छ । थुनुवा स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

स्पेनिस ला लिगा फुटबल : रियल मड्रिड शीर्ष स्थानमा उक्लियो शुक्रबार, पुस ६, २०८० रियलले १८ खेलबाट ४५ अंक बनाएको छ । समान ४५ अंक रहेको जिरोना दोस्रो स्थानमा झरेको छ । जिरोनाले विहीबार राति रियल बेटिससँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि रियलले जित निकाल्दा शीर्ष स्थान कब्जा गर्न सफल भयो ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने 'मुड'मा प्रधानमन्त्री प्रचण्ड शुक्रबार, पुस ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन हुने संकेत गरेका छन् । सरकारको एक वर्ष पुग्नै लागेको बेला दाहालले पार्टी पदाधिकारी बैठकमा मन्त्रालयको काम अपेक्षा गरेअनुसार नभएको उल्लेख गर्दै मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका हुन् ।

चार्ल्स विश्वविद्यालयमा २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा १४ जनाको मृत्यु, गोली चलाउने पनि मारिए शुक्रबार, पुस ६, २०८० चेक रिपब्लिकको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घटनामा अन्य २४ जना घाइते छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए ।...

के बहालवाला प्रधानमन्त्रीकी बुहारी अमेरिका पलायन भएकी हुन्? शुक्रबार, पुस ६, २०८० केही सञ्चारमाध्यमहरूले त्रिपाठी अमेरिका बसाइ सरेको भन्ने समाचार प्रसारण गरेलगत्तै त्रिपाठीले सामाजिक सञ्जालमार्फत आफू अहिले नेपालमै पार्टी र पारिवारिक काममा व्यस्त रहेको बताएकी हुन् ।

यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान शुक्रबार, पुस ६, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।आज दिउँसो देशभर आंशिक बदली रहनेछ ।









