५५३ असई सईमा र ६६२ प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा [सूचीसहित] शनिबार, पुस ७, २०८०

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान शनिबार, पुस ७, २०८० नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

यी क्षेत्रमा आज हिमपात र वर्षाको सम्भावना शनिबार, पुस ७, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ...

डेडिकेटेड लाइनको बक्यौता नतिरेका चार उद्योगको बिजुली काटियो शुक्रबार, पुस ६, २०८० नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरूमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ ।जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

नेपाल फर्मा एक्स्पोको नवौँ संस्करण आगामी फागुन २५ देखि चितवनमा हुने शुक्रबार, पुस ६, २०८० नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाइ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको एक्सोमा १५० बढी स्टल रहने बताइएको छ । जसमा नेपाल सहित भारत, सिंगापुर, बङ्गलादेशका कम्पनीहरूको बाहुल्यता रहने छ ।

कुवेतबाट फर्किएकी महिलाले वैदेशिक रोजगार विभागमै मेनपावर व्यवसायीलाई कुटिन शुक्रबार, पुस ६, २०८० वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ ।वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।

काठमाडौं महानगरभित्रका स्कुलले अब डीआई राख्न नपाउने शुक्रबार, पुस ६, २०८० 'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको छ,' सूचनामा भनिएको छ, 'शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।'

‘विचाराधीन मुद्दामा मिडिया ट्रायल घातक’ शुक्रबार, पुस ६, २०८० विषेश अदालतको पत्रकार सम्मेलनमा उनले विभिन्न मुद्दाका सम्बन्धमा हुने ‘मिडिया ट्रायल’ले समस्या पर्ने बताउँदै फैसला आइसकेपछि आउने समाचार र मुद्दा विचाराधीन अवस्थामै आउने समाचारले पार्ने प्रभावका बारेमा सचेत रहन पत्रकारहरूलाई आग्रह गरे ।

को होला दोस्रो वर्षको प्रधानमन्त्री? शुक्रबार, पुस ६, २०८० तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति हुन आफैँले नदिएर धोका दिएको सार्वजनिकरूप मै स्वीकारेका प्रचण्डले राजनीतिको पहिलो धोका आफैँलाई अफापसिद्ध भएको निष्कर्ष निकाल्ने गरेका छन् । त्यसैगरी छिमेकी देश भारतलाई चिढ्याएको र सेना प्रमुख चलाएको विषयलाई पनि उनले आफैँलाई धोका दिएको ठान्ने गरेका छन् । प्रचण्ड राजनीतिक अवसर छिन्न...

कोशी प्रदेश नामाकरणको विवाद चाँडै समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, पुस ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामाकरणको विवाद सकारात्मक ढंगले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभामा उनले कोशी प्रदेशको नामाकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्ने बताए ।

प्रधानमन्त्री कप महिला क्रिकेटः गण्डकीको पहिलो जित शुक्रबार, पुस ६, २०८० काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा कर्णाली प्रदेशमाथि गण्डकीले ४४ रनको फराकिलो जित निकालेको हो । कर्णालीको भने लगातार दोस्रो हार हो ।

एमाले अध्यक्ष ओलीले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने शुक्रबार, पुस ६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए ।

इनरुवामा बन्यो ढल्केबरपछिको दोस्रो ठूलो विद्युत सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन शुक्रबार, पुस ६, २०८० भोक्राहा नरसिंह गाउँपालिका– ४ मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित सबस्टेसनको उद्घाटन गरेका हुन् । ढल्केबरपछिको यो दोस्रो ठूलो सबस्टेसन हो ।


![५५३ असई सईमा र ६६२ प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)






