बक्यौता तिर्न अटेर गर्ने लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको विद्युत लाइन काटियो

काठमाडौं— नेपाल विद्युत प्राधिकरणले आइतबार थप दुई उद्योगको बिजुली काटेको छ । बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो ।
प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ ।
प्राधिकरणले शुक्रबार पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली काटेको थियो । जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि बिजुली काटेको हो ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० २१:३६