News Griha :: न्यूजगृह
कारको ठक्करबाट पोखरामा २ पैदलयात्रीको मृत्यु

काठमाडौं— कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिँदा पोखरा महानगरपालिका–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । कार चालक फरार छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०९:१२
Weather Update