News Griha :: न्यूजगृह
अमेरिका पठाइदिने भन्दै २६ लाख ठगी गरेको आरोपमा ५९ वर्षीय ठकुरी पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ३  बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी छन् ।

ठकुरीले कृतेश खरेलसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक  ३ लाख रुपैयाँ तलब हुन्छ भनी २६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ठकुरीलाई मंगलबार बूढानीलकण्ठ –४ पासीकोटबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०६:१०
Weather Update