गौशालाबाट २ बर्षिया बालिका हराइन, अपहरण भएको आशंका

काठमाडौं— पशुपतिनाथ मन्दिर नजिकबाट बालिका हराएकी छन् । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ बालिका हराएकी हुन् ।
बालिकाका अभिभावक मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरुले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बालिकाको खोजी भइरहेको बताए । ढुङ्गेलले भने, ‘हराएकी बालिकाको खोजी हुँदै छ ।’
चिया खान आउने ग्राहकले बालिकालाई अपहरण गरेको आशंका गरिएको छ । बालिकाको खोजीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० २१:०९













