News Griha :: न्यूजगृह
रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य?, केके छन् विशेषता?  

काठमाडौं— रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् ।

बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरिको हो ।

सर्वाजनिक गरिएका तिन नयाँ मिटिओर फयरवल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरिएका हुन् । मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयरओयल कुल्ड रहेको छ । इन्जिनले अधिकतम ६ हजार १०० आरपीएममा २०.२ ब्रेकर्स पावर र ४ हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यसमा डुअल डिस्कब्रेक दिएको छ । तीन वटै मोटरसाइकलमा १५ लिटरको फ्युल ट्याङ्क क्षमता रहेको छ । प्रति लिटर औसत ४० किलोमिटर माइलेज दिने छ ।

royal-enfield-meteor-2-1703676738.jpg

त्यस्तै, इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४ सय एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनदुव स्पाइन फ्रेम, आगाडी (चौडा टुबलेस टायर्र ९१००/९०-१९-५७ पी) पछाडि ९ चौडा टुबलेस टायर (१४०/७०-१७-६६पी) जस्ता फिचरहरू पाउन सकिन्छ ।

मिटिओर फयरबल ३५० सीसी पहेँलो, रातो, निलो र म्याट हरियो रङ्गमा उपलब्ध छन् । त्यस्तै, मिटिओर स्टेलर ३५० सीसी कालो, निलो र रातो रङ्गमा र मेट्रो सुपरनोभा ३५० सीसी खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् ।

कम्पनीले मिटिओर फयरवलको मूल्य ५ लाख ५० हजार रुपैयाँ, मिटिओर स्टेलरको मूल्य ५ लाख ५५ हजार रुपैयाँ र मिटिओर सुपरनोभाको मूल्य ५ लाख ६५ हजार रुपैयाँ तोकेको छ । कम्पनीले सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।

royal-enfield-meteor-3-1703676738.jpg

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:१८
Weather Update