सिरहामा आधा जलेको शव भेटियो शुक्रबार, पुस १३, २०८०

सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा बहस सकियो शुक्रबार, पुस १३, २०८० क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा बहस सकिएको छ । शुक्रबारसम्म सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरूले बहस गरिसकेका छन् ।

६ जनाको नागरिकता रद्द, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय शुक्रबार, पुस १३, २०८० सरकारले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नागरिकता रद्द गरेको हो ।पुस ५ र १२ गतेका मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सो जानकारी दिइएको हो ।

आन्दोलनरत सबैलाई कोरियन भाषा परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश शुक्रबार, पुस १३, २०८० कोरियन भाषा परीक्षा (ईपीएस) दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन अदालतले आदेश दिएको छ ।उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको हो ।

बालकुमारी घटनामा दुई युवाको मृत्यु शुक्रबार, पुस १३, २०८० बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

बालकुमारी घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन शुक्रबार, पुस १३, २०८० दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ शुक्रबार, पुस १३, २०८० अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ घर भई हाल काठमाडौं महानगरपालिका– २६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापा छन् ।

बालकुमारी प्रदर्शनः प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु शुक्रबार, पुस १३, २०८० ललितपुरको बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका एक युवकको ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो । उनको सनाखत भएको छैन् । थप विवरण आउन बाँकी छ ।

बालकुमारीमा प्रहरीले गर्यो हवाई फायर, १० जना प्रदर्शनकारी पक्राउ शुक्रबार, पुस १३, २०८० रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया काम गर्न जान खोज्नेले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ...

ईपीएस परीक्षार्थीको प्रदर्शनले बालकुमारी क्षेत्र तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्यास शुक्रबार, पुस १३, २०८० कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी समेत गरेका छन् ।

मन्त्रीको गाडीमा आगो लगाइँदासमेत सुरक्षा संयन्त्र बेखबर शुक्रबार, पुस १३, २०८० रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भइरहँदा सुरक्षा संयन्त्र बेखबर रहेको पाइएको छ । ललितपुरको बालकुमारीमा भेला भएका युवाले सडक अवरुद्ध गरेर तोडफोड गर्दा समेत प्रहरी र ट्राफिक प्रहरी कार्यालयको उपस्थिति नदेखिएको हो ।

बालकुमारीमा मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी शुक्रबार, पुस १३, २०८० ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी भएको छ ।ईपीएसलाई लिएर आन्दोलनमा रहेकाहरूले रिङरोडमा मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो ।

प्रेमीसँग भाग्न लागेको देखेपछि कास्कीमा श्रीमतीको हत्या शुक्रबार, पुस १३, २०८० कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो पोखरा महानगरपालिका– २९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिए ।









