News Griha :: न्यूजगृह
कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने
कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने शनिबार राति सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका, तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो । बैठकमा सदस्यहरूले पटकपटक अवसर पाएका नेताहरूले नै राष्ट्रिय सभामा दाबी गरिरहेको भन्दै यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने विषय महत्वका साथ उठाएका थिए ।
आज गुरुङ समुदायको तमु ल्होसार पर्व, देशभर सार्वजनिक बिदा
आज गुरुङ समुदायको तमु ल्होसार पर्व, देशभर सार्वजनिक बिदा आज पुस १५ गते, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्वका रुपमा मनाउने गरेका छन् । ‘तमु ल्होसार’...
प्रधानमन्त्रीले बालकुमारी घटनाका पीडित परिवारलाई के भने ?
प्रधानमन्त्रीले बालकुमारी घटनाका पीडित परिवारलाई के भने ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । 
धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि
धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।
निलम्बनमा परे ईपीएस कोरिया शाखा प्रमुख सुवेदी
निलम्बनमा परे ईपीएस कोरिया शाखा प्रमुख सुवेदी सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
बालकुमारी घटनाबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्रीलाई
बालकुमारी घटनाबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्रीलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाका सम्बन्धमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।
बालकुमारी घटनामा मारिएका २ युवकका परिवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा
बालकुमारी घटनामा मारिएका २ युवकका परिवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा शुक्रबार ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।
जिल्लाको फैसला चित्त नबुझेको भन्दै उच्च अदालत जाने सन्दीपको तयारी
जिल्लाको फैसला चित्त नबुझेको भन्दै उच्च अदालत जाने सन्दीपको तयारी सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो ।
जन्मोत्सवमा राजा वीरेन्द्रको सम्झना
जन्मोत्सवमा राजा वीरेन्द्रको सम्झना दिवंगत राजाको जावलाखेल चोकमा रहेको सालिकमा माल्यार्पण र दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागीले राजा भए देश आजको अवस्थामा नपुग्ने भन्दै नेताहरूले वीरेन्द्रको कदमलाई पछ्याउन सक्ने हो भने अझै पनि देश नबिग्रिएको बताए ।
कसको आदेशले चल्यो बालकुमारीमा गोली?, भीड नियन्त्रण गर्न कहाँ चुक्यो प्रशासन?
कसको आदेशले चल्यो बालकुमारीमा गोली?, भीड नियन्त्रण गर्न कहाँ चुक्यो प्रशासन? शुक्रबार ललितपुरको बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (ईपीएस)को कार्यालय ग्वार्को अगाडि भएको घटनाका कारण जिल्लाका सरकारी अधिकारीहरूको व्यापक जिम्मेवारी हेरफेर भएको छ । शुक्रबार दिउँसो बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएपछि घटेको घटनाका कारण दुई युवाले ज्यान गुमाएका थिए । 
यी हुन् बालकुमारी घटनाबारे मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरू
यी हुन् बालकुमारी घटनाबारे मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरू न्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई १०/१०लाख रुपैयाँ दिने र घाइतेहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।सो...
बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई सरकारले १०/१० लाख राहत दिने
बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई सरकारले १०/१० लाख राहत दिने लितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ ।त्यस्तै उनीहरूले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो निर्णय शनिबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने उनले बताए ।
Weather Update