News Griha :: न्यूजगृह
कोरियामा सुत्केरी स्याहार्ने पुरुषलाई आकर्षक सुविधा
कोरियामा सुत्केरी स्याहार्ने पुरुषलाई आकर्षक सुविधा जन्मदर घट्दै गएर चिन्तित बनेको दक्षिण कोरियाले प्रसुती अवधिमा पुरुषलाई पनि आकर्षक सुविधा दिएर दम्पतीलाई प्रोत्साहित गर्ने आर्थिक योजनाहरू घोषणा गरेको छ ।सन् २०२४ बाट प्रसुती अवधिमा सुत्केरी आमा, नवजात शिशु र उनीहरूको हेरचाह गर्ने बाबुलाई मासिक तलब सहितका आकर्षक सुविधाहरू उपलब्ध गराउने भएको छ ।
यी हुन् कांग्रेस बैठकका ११ निर्णय 
यी हुन् कांग्रेस बैठकका ११ निर्णय  पुस १२ देखि १४ सम्म बसेको बैठकले समसामयिक विषय, राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक र मन्त्रीको कामको समीक्षा बारे निर्णय लिएको छ । यस्तै सहकारीको समस्या, संघीयता कार्यान्वयन, समुदायमा कांग्रेस, भ्रातृ संस्थाको म्याद थप, संयन्त्र गठन, मेलमिलाप दिवस र जाजरकोट भूकम्पबारे पनि निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले...
बालकुमारी घटना: उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
बालकुमारी घटना: उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।आज केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उक्त जानकारी दिएका हुन् ।
चिसोले भूकम्पपीडित समस्यामा
चिसोले भूकम्पपीडित समस्यामा चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । भूकम्पपछि त्रिपालको बसाइले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताए । चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा...
वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता
वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता केही वर्षदेखि वैज्ञानिकहरुले लगातार जलवायु परिवर्तनको असरका बारेमा विभिन्न अनुसन्धानबाट देखिएका निस्कर्षहरुका बारेमा सचेत गराउँदै आए पनि राजनेताहरु भने पछिल्लो समय यस समस्याप्रति गम्भीर देखिएका छन् । राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कुनै पनि फोरमहरुमा यस विषयले प्राथमिकता पाउन थालेको छ र पृथ्वीमा तापमान वृद्धि गराउने मुख्य स्रोत जीवाश्म इन्धन भएकाले...
एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनमा
एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनमा प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । 
अपहरणकारीले फिरौती लिएर छाडे, घटनाको एक महिनापछि पीडित प्रहरीकोमा पुगे
अपहरणकारीले फिरौती लिएर छाडे, घटनाको एक महिनापछि पीडित प्रहरीकोमा पुगे चाबहिलबाट रसुवा घर भएका पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उक्त घटना मङ्सिर १० गतेको हो ।पीडितले प्रहरीलाई भर्खर खबर गरेपछि मात्रै घटना बाहिरिएको हो ।
मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै कांग्रेस, विपक्षी दललाई पनि निम्तो
मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै कांग्रेस, विपक्षी दललाई पनि निम्तो नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै विपक्षी दलहरूलाई समेत निम्तो दिएको छ । शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यसवर्षको मेलमिलाप दिवस विशेष कार्यक्रम गरेर मनाउने र परम्परागत शैली भन्दा भिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको हो ।
बालकुमारीबाट पक्राउ परेकाविरुद्ध प्रहरीले मुद्दा नचाउने, ७३ जना नै छुटे
बालकुमारीबाट पक्राउ परेकाविरुद्ध प्रहरीले मुद्दा नचाउने, ७३ जना नै छुटे शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरूलाई छाड्ने निर्णय भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले भने, ‘पक्राउ गरिएकाहरूलाई मुद्दा नचलाउने निर्णय भएको छ ।’
मर्दी ट्रेकिङ गएका विदेशी पर्यटक सम्पर्कविहीन
मर्दी ट्रेकिङ गएका विदेशी पर्यटक सम्पर्कविहीन कास्कीको पोखराबाट मर्दी हिमालसम्म ट्रेकिङमा गएका एक विदेशी पर्यटक (पदयात्री) सम्पर्कविहीन भएका छन् ।उनी २४ घण्टादेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 
वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते
वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आइतबार बिहान राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर– १३ दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।
Weather Update