News Griha :: न्यूजगृह
युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ
युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ पौडेलले पदम कुमारी श्रेष्ठसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु, त्यसको लागि २० लाख रुपैयाँ लाग्छ, युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारी १९ लाख ६० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।
खानेपानी माग्दै पूर्वप्रधानमन्त्री खनालले बुझाए ज्ञापनपत्र
खानेपानी माग्दै पूर्वप्रधानमन्त्री खनालले बुझाए ज्ञापनपत्र काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा सोमबार ज्ञापनपत्र बुझाउँदै उनले काठमाडौं उपत्यकामा तत्काल पर्याप्त पानी वितरणको माग गरे । काठमाडौंमा दैनिक ४० करोड लिटर पानी आवश्यक रहेकोमा १२ करोड लिटर मात्र वितरण भइरहेको भन्दै उनले मेलम्चीको पानी ल्याउने प्रणाली छिटो बनाएर खानेपानीको व्यवस्था गर्नुपर्ने बताए ।
बालकुमारी घटनामा सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने
बालकुमारी घटनामा सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ।शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन्।
सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने उच्च अदालतको आदेश
सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने उच्च अदालतको आदेश न्यायाधीश कुमार रेग्मीको इजलासले रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेशको ‘कैफियत प्रतिवेदन’ मगाएको हो । थुनछेक आदेशका क्रममा न्यायाधीशहरूले किन र के आधारमा त्यो आदेश गरे भनी विस्तृत विवरण खुलाइएको विवरणपत्रलाई ‘कैफियत प्रतिवेदन’ भनिन्छ ।
बालकुमारी घटनामा ओलीको प्रश्न– हुल भड्किरहेको बेला मन्त्री झण्डा हल्लाएर जानुपर्ने कारण के थियो?
बालकुमारी घटनामा ओलीको प्रश्न– हुल भड्किरहेको बेला मन्त्री झण्डा हल्लाएर जानुपर्ने कारण के थियो? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको बालकुमारी घटनामा झण्डा हल्लाएर हुल भड्काउन जाने मन्त्रीको गल्ती भएको बताएका छन् । राष्ट्रिय मेलमिलापको दिवसको सन्दर्भमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले मन्त्रीले भीड भड्काउने, प्रहरीले गोली बारूद चलाउने अनि दोष एमालेलाई लगाउने काम भइरहेको बताए ।
सांसदहरू पक्राउपछि सभामुखले गरे गृहमन्त्री र प्रहरी प्रमुखसँग सोधपुछ, लगत्तै रिहा
सांसदहरू पक्राउपछि सभामुखले गरे गृहमन्त्री र प्रहरी प्रमुखसँग सोधपुछ, लगत्तै रिहा सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागेका छन् । 
कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा
कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा  कोशी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वालीफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।
सिंहदरबार छिरेर अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ
सिंहदरबार छिरेर अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि तीन जना युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन्  । प्रदर्शन उत्रिएका उनीहरुलाई लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकी मन्त्री अनिता देवी बसिन अनशन
पक्राउ परेकी मन्त्री अनिता देवी बसिन अनशन मन्त्री देवी सोमबार बिहान धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला हुने क्रममा पक्राउ परेकी थिइन् ।  ‘धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने, पक्राउ परेका नेताकार्यकर्तालाई अविलम्ब रिहा गरिनुपर्ने माग राखेर उहाँले अनशन सुरु गर्नुभएको छ,’ प्रहरी नियन्त्रणमै रहेका जनमत पार्टीका सचिव बीपी साहले भने ।  
सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु
सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु सुतेकै अवस्थामा बेहोस फेला परेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सङ्खुवासभा जिल्ला कारागारमा ड्युटीमा रहेका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन् । 
एक पटकको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले खान्थे ६० हजारको खाजा
एक पटकको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले खान्थे ६० हजारको खाजा प्रधानमन्त्री पुष्पकमल दाहालले खर्च कटौतीको नमूना स्वरुप मन्त्रिपरिषद्को खाजा खर्च कटौती गरिदिएका छन् । ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने तर्क गर्दै प्रधानमन्त्रीले सोमबार बिहानको मन्त्रिपरिषद् बैठक सकिनै लाग्दा खाजा खान तयार भएका मन्त्रीहरू र मुख्य सचिवलाई हिस्स पारिदिएका थिए ।
संसदीय समितिमा एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा
संसदीय समितिमा एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ । सोमबार बसेको समितिको बैठकमा नेकपा एमाले सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 
Weather Update