ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा सोमबार, पुस १६, २०८०

माइतीघरबाट सांसद सीके राउत पक्राउ सोमबार, पुस १६, २०८० जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेला धकेल समेत भएको थियो ।

बालकुमारी घटनाबारे प्रहरी प्रमुखले भने– ‘मन्त्रीज्यूसँगै विवाद भएपछि भीड अनियन्त्रित भयो’ सोमबार, पुस १६, २०८० उनले आक्रोशित भीडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बनेको बताए । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीसँग सीमित श्रोत साधन र जनशक्ति भएका कारण भीड नियन्त्रणमा समस्या भएको बताए ।

कारको ठक्करबाट दुईजनाको मृत्यु सोमबार, पुस १६, २०८० नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गएराति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ ।

बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन सोमबार, पुस १६, २०८० सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगमा पूर्व एआईजी अरुणकुमार बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।

सन् २०२४ हुनेछ अहिलेसम्मकै ठूलो निर्वाचन वर्ष सोमबार, पुस १६, २०८० आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । सन् २०२४ लाई अहिलेसम्मकै ठूलो निर्वाचन वर्षको रुपमा हेरिएको छ ।खासगरि सन् २०२४ मा विश्वका तीन शक्ति राष्ट्रहरूमा हुने निर्वाचनलाई विश्व समुदायले मुख्य चासोका साथ हेरेको छ । यस वर्ष भारत, संयुक्त राज्य अमेरिका र बेलायतमा आम निर्वाचन हुनेछ...

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु सोमबार, पुस १६, २०८० ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को बिदाई र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । यश ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवत्को नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुती लगायतका विभिन्न कार्यक्रमहरू भइरहेका...

तराईका अधिकांश स्थानमा हुस्सु, यी तीन प्रदेशमा हिमपात सोमबार, पुस १६, २०८० देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प सोमबार, पुस १६, २०८० भूकम्पको केन्द्रबिन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको केन्द्रले बताएको छ। नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।

सन् २०२३ मा विश्वभर १२० पत्रकार मारिए आइतबार, पुस १५, २०८० आईएफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको अन्त्यमा यो संख्या १२० पुगेको हो । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा भइरहेको युद्धका कारण थप मृत्युको संख्या बढेको आईएफजेले जनाएको छ ।

कोइलाखानी सुरुङभित्र मृत भेटिएका शिवराजको गोली हानेर भएको थियो हत्या आइतबार, पुस १५, २०८० दाङको बङ्गलाचुलीस्थित कोइलाखानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको खुलेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जङ्गलको कोइलाखानीमा ५० मिटर गहिरो सुरुङभित्र भेटिएको थियो ।

तिलकुमारीले सुन बेचेर सुन्तला लगाइन्, सुनै फलाइन् आइतबार, पुस १५, २०८० धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेकी हुन्। घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन् ।
बाँकेको बाल सुधारगृहमा दुई समूहबीच ग्याङफाइट, स्थिति तनावग्रस्त आइतबार, पुस १५, २०८० बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररूप लिँदै आज थप तनाव भएको सूचना भएको जानकारी दिए ।









