ईपीएस कोरियाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप मंगलबार, पुस १७, २०८०

कार्यालय भवन उद्घाटनको दिन दिइएको बिदा सुनापति गाउँपालिकाले फिर्ता लियो मंगलबार, पुस १७, २०८० प्रधानमन्त्री प्रचण्ड बिहीबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन लागेको भन्दै पालिकाले सूचना नै जारी गरी सार्वजनिक बिदा दिएको थियो ।

शहरी जनसङ्ख्या ५ प्रतिशतले वृद्धि, काठमाडौं र पोखरामा चाप असन्तुलित मंगलबार, पुस १७, २०८० जनगणना २०६८ र २०७८ को बीचमा सहरोन्मुख जनसंख्या ३९ दशमलब १९ प्रतिशतबाट बढेर ३९ दशमलब ७५ प्रतिशत पुगेको छ । ग्रामीण क्षेत्रमा जनसंख्या ३८ दशमलब ५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको छ । ग्रामीण क्षेत्रबाट सहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइ बढेको छ । बढ्दै गएको जनसङ्ख्याको चापले शहरी क्षेत्रमा व्यवस्थापन गर्न...

बेरोजगार युवाहरूलाई विदेश पठाउने भन्दै १० करोड ठगी, ९९७ थान राहदानीसहित पक्राउ मंगलबार, पुस १७, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरूसँग ५ देखि १५ लाखसम्म लिएका थिए ।

कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा मंगलबार, पुस १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी बिहीबार (पुस १९) गते गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्न जाँदैछन् ।

चार्जिङका क्रममा एमजीको जेडएस ईभीमा आगलागी मंगलबार, पुस १७, २०८० एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङका क्रममा आगलागी भएको छ । एक साता अघि अर्थात् यही पुस ९ गते राति आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट भएको घटना सार्वजनिक नगरी गुपचुप पारिएको हो ।

रुसी सेनामा भर्ना भएका स्याङ्जाका एक युवकको मृत्यु, नेपाली सेनाको जागिर छोडेर गएका थिए युद्ध लड्न मंगलबार, पुस १७, २०८० रुस–युक्रेन युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ का हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो,’ उनले भने ।

बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित मंगलबार, पुस १७, २०८० कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् ।मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

चरित्र हत्या गरेको भन्दै कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जती मुद्दा मंगलबार, पुस १७, २०८० चरित्र हत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।

खेल क्षेत्रको विकासका लागि राष्ट्रपतिद्वारा तीनै तहको सरकारलाई ध्यानाकर्षण मंगलबार, पुस १७, २०८० मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

रूपान्तरण अभियानबारे माओवादीको समीक्षा जनतामा आशाको झिल्को देखियो मंगलबार, पुस १७, २०८० मंगलबार पार्टीले आयोजना गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा सहित समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले टोल कमिटीदेखि संगठन सक्रिय र चलायमान भएको भन्दै अभियान सफल भएको बताएका हुन् ।

शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रुपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, पुस १७, २०८० मंगलबार काठमाडौंमा आयोजित ‘कान्तिपुर एजुकेसन समिट’ (शैक्षिक बहस) मा प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने र त्यसका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्नलाई पहल गर्ने बताए ।

विद्यार्थीले बन्द गरे घोराही-तुलसीपुर सडक, सम्झाउँदै प्रहरी मंगलबार, पुस १७, २०८० सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो । भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो ।









