अप्सरीको ह्याट्रिक, उपाधि जित्न कोशीलाई ११५ रनको लक्ष्य बुधबार, पुस १८, २०८०
सुनचाँदीको मूल्यमा सामान्य गिरावट बुधबार, पुस १८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेर छापावाल सुन १ लाख २० हजार ८ सय र तेजाबी सुन १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस बुधबार, पुस १८, २०८० सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

२० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नोबेल अस्पतालका तीनजना कर्मचारी पक्राउ बुधबार, पुस १८, २०८० नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारी पक्राउ परेका छन् । अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिमचिम बढ्दै, के गर्लान् देउवा ? बुधबार, पुस १८, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको सबैभन्दा ठूलो नेपाली कांग्रेसका नेताहरूसँग पटकपटक छलफल गरिसकेको भएपनि त्यसबारे सहमति भएको छैन । त्यसमाथि एमालेलाई समेत एक्लै नछोड्ने प्रधानमन्त्री दाहालको चाहनाले गठबन्धनमा सिट बाँडफाँट गर्न सकस परेको छ ।

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, चालकसहित ३ जना घाइते बुधबार, पुस १८, २०८० मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

भालेको डाकमै मेरो राजीनामा माग्नेहरू अन्तत: हारे : पर्यटनमन्त्री किराती बुधबार, पुस १८, २०८० संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूलाई विभिन्न आक्षेप लगाएर राजीनामा माग्नेहरू असफल भएको दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । केही दिनअघि क्रिसमसको कार्यक्रममा उनले दिएको अभिव्यक्तिको व्यापक विरोध भएको थियो ।

मौसम विभागले भन्यो– कुहिरो र हिमपातका कारण तापक्रम घट्दै छ, सतर्कता अपनाउनू बुधबार, पुस १८, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] बुधबार, पुस १८, २०८० त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १६९ रुपैयाँ ३० पैसा रहेको छ ।

इजरायली आक्रमणबाट मारिए हमासका उपप्रमुख सालेह अलद अरौरी बुधबार, पुस १८, २०८० लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ । हमास अधिकारीहरू र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूह बीचको बैठकलाई लक्षित गरी चार प्यालेस्टाइनी र तीन लेबनानीहरू लाई मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विद्युत ट्रान्सफर्मर चोरी गर्ने पक्राउ मंगलबार, पुस १७, २०८० गत मंसिर १३ गते राति बारा सिम्रौनगढ नगरपालिका वडा नं. ३ श्रीनगर बैरिया र मंसिर २३ गते पचरौता नगरपालिका वडा नं. ५ बेल्दारीबाट ट्रान्सफर्मर चोरी भएको थियो ।

रिहा भए रवि लामिछानेलाई खोया हान्ने सन्तोष रानाभाट मंगलबार, पुस १७, २०८० गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए । त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि भन्दै म्याद थपेको थियो ।

अमेरिकाबाट पार्सलमा आएको लागूऔषध लिन जाँदा... मंगलबार, पुस १७, २०८० अमेरिकाबाट पार्सल गरी आएको लागूऔषधसहित बारामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ टोल सिसवा वारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ, छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार र वर्ष २२ को कृष्णा सराफ छन् ।









