प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै बिहीबार, पुस १९, २०८०

आज नेपाल आउँदै भारतीय विदेशमन्त्री एस जयशङ्कर, यस्तो छ दुई दिने भ्रमण तालिका बिहीबार, पुस १९, २०८० भारतका विदेशमन्त्री एस जयशङ्कर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाल भारत परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकर भारतीय सेनाको विशेष विमानमार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिनेछन् ।
-1702107356.jpg)
चारवटा प्रदेशमा आंशिक बदली, कोशी र गण्डकीमा हिमपातको सम्भावना बिहीबार, पुस १९, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...

भूकम्पको पूर्वतयारी गरेनौँ भने ठूलो जोखिम उठाउनुपर्ने हुनसक्छ : प्रधानमन्त्री बुधबार, पुस १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपत्को जोखिमबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी अन्तरक्रियामा बोल्दै नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएकाले त्यसबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका हुन् ।

चार्जमा राखिएको एमजी ब्रान्डको विद्युतीय गाडीमा कसरी लाग्यो आगो?, के भन्छ आयात कम्पनी ? बुधबार, पुस १८, २०८० उक्त घटनाको सम्बन्धमा कम्पनीलाई जानकारी भएपश्चात् तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारीसमेतको टोली स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट भएको सर्जमिन मुचुल्का र प्रभागको पत्र ब्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ ...

गठबन्धनमा टुंगिएन राष्ट्रिय सभाको सीट बाँडफाँट बुधबार, पुस १८, २०८० एमालेले आफूलाई शून्य नपार्न गरेको आग्रहले सत्ता गठबन्ध दलका दलहरूबीच राष्ट्रिय सभा सदस्यको सीट बाँडफाँटका लागि भएको छलफल निष्कर्षविहीन भएको छ ।बालुवाटारमा बुधबार साँझ बसेका शीर्ष नेताहरूले सत्ता गठबन्धनका दलहरूले कति कति सीटमा आफ्ना उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेनन् ।

अध्यागमनका कर्मचारी किन भए प्रहरीसँग असन्तुष्ट? बुधबार, पुस १८, २०८० असन्तुष्टिलाई लिएर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा प्रभावित भएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘कर्मचारीहरू गुनासो सुनाउन निस्किँदा केही समस्या भएको बताए । उनले भने, ‘यद्यपि, कुनै विमान नै डिले हुने गरी उहाँहरु आउनु भएको होइन ।’

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय बुधबार, पुस १८, २०८० कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम...

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई बुधबार, पुस १८, २०८० प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफ क्लबले पाँच लाख तथा उपविजेता कोशीले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको मिति सर्यो, वैशाख तेस्रो साता हुने बुधबार, पुस १८, २०८० तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौंमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो । सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक...

आर्थिक सबलीकरणका लागि आकस्मिक योजना बुधबार, पुस १८, २०८० राजनीतिक अस्थिरता, कोभिड महामारी, भ्रष्टाचार र शासकीय कमजोरीले धेरै उद्योगधन्दा जोखिमपूर्ण अवस्थामा छन् । यस्तोबेला सरकारले त्यस्ता रुग्ण उद्योगहरुलाई पुनर्जीवित गर्न विशेष कार्यक्रम ल्याउन जरूरी छ । यस्ता कार्यक्रमले रोजगारी वृद्धि गर्नुका साथै रुग्ण उद्योगको पुनर्स्थापना गर्न सहयोग पुग्दछ । राज्यबाट राहत पाएर आर्थिक विकासको गतिलाई सामान्यीकरण गर्न गरिएका धेरै...

तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अलआउट बुधबार, पुस १८, २०८० सिरिज गुमाइसकेको पाकिस्तान अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलै दिन अल आउट भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तानले सिड्नी मैदानमा ३१३ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । सुरुदेखि नै दबाबमा रहेको पाकिस्तानले ४७ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

‘बुलेट किराती’को रिहाइको माग गर्दै मेची राजमार्ग बन्द, यात्रुहरू मर्कामा बुधबार, पुस १८, २०८० कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । ‘प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समिति’ ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो ।









