काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस शुक्रबार, पुस २०, २०८०

तराईमा हुस्सु, यी तीन प्रदेशमा हल्का हिमपात शुक्रबार, पुस २०, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

खाद्य कम्पनीमा राखिएका च्याङ्ग्रा कसरी मरे ? शुक्रबार, पुस २०, २०८० खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लापरबाहीले दसैँ र तिहारमा नबिकेका मध्ये २० वटा च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेका छन् । कम्पनीले दसैँ तिहारमा बेच्न ल्याएका सबै च्याङ्ग्रा बिक्री भएका थिएनन्। दसैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रा मध्ये २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार शुक्रबार, पुस २०, २०८० पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बताए ।
अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडिओ खिच्न नपाइने शुक्रबार, पुस २०, २०८० अबदेखि पशुपतिनाथ मन्दिरस्थित आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न रोक लगाइएको छ ।पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्वा डिजिटल प्रालिले एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको छ ।

यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा शुक्रबार, पुस २०, २०८० आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टीमको घोषणा भएको छ । जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुने युवा विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टीम सार्वजनिक गरेको हो ।

ग्लोबल आईएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, ग्रामीण भेगका महिला बढी लाभान्वित बिहीबार, पुस १९, २०८० ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

ज्यान मार्ने धम्की दिई रकम माग्ने पक्राउ बिहीबार, पुस १९, २०८० उनले पुस १० गते देखि १८ गतेसम्म मोबाइल नम्बर ९८०१५७... बाट लक्ष्मीनियाका एक व्यापारीलाई धम्की दिई ५ देखि ५० लाख सम्मको रकम माग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एलिजा गिरीले बताइन्।

८.७१ अङ्कले घटेको नेप्सेमा ५ अर्ब ५८ करोडको कारोबार बिहीबार, पुस १९, २०८० ३०३ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घट्यो भने ५ को सेयर मूल्य स्थिर रह्यो । समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.११ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ ।

विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूको उत्पादन ठप्प बिहीबार, पुस १९, २०८० लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंक लाइकन विद्युत महशुलको विषयलाई लिएर विद्युत प्राधिकरणले उद्योगहरूको उत्पादन ठप्प हुनेगरि विद्युत लाइन काटिएको सम्बन्धमा उद्योगीहरूले ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योगहरूमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा कस्तो सन्देश जाला भनेर प्रश्न उठाएका छन् । उत्पादन...
![राष्ट्रिय सभा सदस्य निर्वाचन: निर्वाचन अधिकृत फेरिए, को कहाँ ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Election-Commission-11678405928.jpeg)
राष्ट्रिय सभा सदस्य निर्वाचन: निर्वाचन अधिकृत फेरिए, को कहाँ ? [सूचीसहित] बिहीबार, पुस १९, २०८० निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि आफ्नो पूर्व निर्णयहरू हेरफेर गरेको हो । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका गत पुस १२ गते आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो...

मन्त्री निवासलाई खेलाडी आवास बनाउने तयारी, मन्त्री सकारात्मक बिहीबार, पुस १९, २०८० सदस्यसचिव घिसिङले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न सके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका बेला एउटै होटलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताउँदै सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई समानस्तरको बसोवास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्न सके नतिजा पनि राम्रो आउने बताए ।

१० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने सम्झौतामा हस्ताक्षर बिहीबार, पुस १९, २०८० सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ । उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागत...









