News Griha :: न्यूजगृह
ग्लोबल आईएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, ग्रामीण भेगका महिला बढी लाभान्वित

काठमाडौं— ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशको सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकीमा शिविरको आयोजना गरेको हो । 

Prabhu Bank

शिविरमा लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढि महिलाले स्वास्थ्य जाँच गराएका थिए । यही पौष १७ गते मङ्गलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ ।   उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरू महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:३६
Weather Update