भारतीय विदेशमन्त्री एस जयशङ्कर स्वदेश फिर्ता शुक्रबार, पुस २०, २०८०

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी? शुक्रबार, पुस २०, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए । दुई नेताबीच एक घण्टा कुराकानी भएको बालकोट स्रोतले जानकारी दियो । रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।

राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ, के हो आरोप? शुक्रबार, पुस २०, २०८० नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताए ।भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो । सुरुमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले बताए ।

देउवा एमालेसँग लचक हुँदा कांग्रेसमा ‘कोशी विद्रोह’को स्मरण शुक्रबार, पुस २०, २०८० आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई भाग दिन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लचक देखिएका छन् । तर इतर समूहका नेताहरू देउवाको लचकताप्रति रुष्ट छन् । इतर समूहका नेता डा. शेखर कोइराला एमालेलाई भाग दिन देउवा तयार भएपछि त्यसको विरोधमा छन् । कांग्रेस एक्लै लड्नुपर्नेमा शेखरको अडान...

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबाट टाढिँदै मेयरहरू, सरकारलाई जिम्मा लगाउने तयारी शुक्रबार, पुस २०, २०८० नेपाल सरकारलाई नै फोहोर व्यवस्थापनको काम गर्न आग्रह गर्ने निर्णय गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको उनले जानकारी दिए ।

इजरायल–हमास युद्ध लम्बिने खतरा, अमेरिकी विदेशमन्त्री चौथोपटक इजरायलमा शुक्रबार, पुस २०, २०८० तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्रीले अन्य धेरै अरब देशको पनि भ्रमण गर्न सक्नेछन् । इजरायल–हमास युद्ध सुरु भएयता एन्टोनी ब्लिन्केनको यो चौथो इजरायल भ्रमण हो ।

कम चलाउँदा पनि बिग्रिन्छ कार शुक्रबार, पुस २०, २०८० लामो समयसम्म कार नचलाउँदा गाडीको टायरमा पनि प्रतिकूल असर पर्छ । लामो समयसम्म कारलाई एकै ठाउँमा पार्किङ गर्दा कारको टायरका केही भागहरूमा बढी दबाब पर्छ । यसका साथै कारको टायरमा रहेको हावा पनि बिस्तारै कम हुन थाल्छ । एकै ठाउँमा कम हावा र दबाबका कारण टायर सुक्न थाल्छ । जब...

राज्य व्यवस्था समितिमा प्रधानमन्त्री प्रचण्डले भने- भारतीय दूतावासले आफूखुसी २० करोड खर्च गर्न पाउँदैन शुक्रबार, पुस २०, २०८० प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त रकम भारतले जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका हुन् ।

एमालेलाई सिट दिने विषयले सत्ता गठबन्धनमा खटपट शुक्रबार, पुस २०, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिटको भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत सामेल गर्ने प्रस्तावले सत्तारुढ गठबन्धनमा खटपट पैदा भएको छ । गठबन्धनका दुई घटक नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले भागबन्डाबारे छलफल गर्न बिहीबार साँझ बोलाइएको बैठक नै बहिष्कार गरेका छन् ।

जयशङ्करले गरे पशुपतिमा पूजा र वृक्षरोपण शुक्रबार, पुस २०, २०८० दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार काठमाडौं आइपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।

एकैपटक ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको सरूवा शुक्रबार, पुस २०, २०८० नेपाल प्रहरीका ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा भएको छ ।प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको जनाएको छ ।

त्रिविको उपकुलपति पदका लागि दरखास्त आह्वान, यस्तो छ मापदण्ड शुक्रबार, पुस २०, २०८० यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए । त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।

पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढेपछि तीर्थयात्रीहरू प्रभावित शुक्रबार, पुस २०, २०८० ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्म बेला बेलामा हिमपात हुने गर्दछ । चिसो निकै बढेपछि...









