एक महिनापछि स्वीकृत भयो प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा बिहीबार, पुस १९, २०८०

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता बिहीबार, पुस १९, २०८० राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशङ्कर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

१० वर्षीया बालिकामाथि पटकपटक बलात्कार, ५५ वर्षीय पुरूष पक्राउ बिहीबार, पुस १९, २०८० बारम्बार बलात्कारको पीडामा परेकै कारण नाबालिगमा विभिन्न स्वास्थ्य समस्या देखिएको प्रहरी भनाइ छ। निन्द्रामा चिच्याउने, डराउने, अरुबेला पनि तर्सिने समस्या बालिकामा छ । उनलाई अहिले उपचारका लागि अस्पतालमा राखिएको छ।

अष्ट्रेलियाको नयाँ नीतिले नेपाली बढी चिन्तित, सहजै भिसा पाउन के गर्ने? बिहीबार, पुस १९, २०८० नेपाली विद्यार्थीहरूको सर्वाधिक रोजाइको देश अष्ट्रेलियाले आप्रवासी नीतिमा परिवर्तन गर्दै भिसा नियममा कडाइ गर्ने भएपछि यसको असर नेपालमा परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी र कम सीप भएका कामदार अष्ट्रेलिया प्रवेशमा कमी ल्याउन नयाँ नियम अघि सारेपछि नेपाली बढी चिन्तित छन् ।

राष्ट्रिय सभामा एमालेको ६ सिटमा दाबी, माधव नेपालको असहमति बिहीबार, पुस १९, २०८० राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेले आफूलाई ६ सिट दिन प्रस्ताव गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ६ सिट छुट्याउन प्रस्ताव गरेका थिए ।

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको भेट बिहीबार, पुस १९, २०८० भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको...

सिन्धुपाल्चोकमा ४.७ म्याग्नेच्युडको भूकम्प बिहीबार, पुस १९, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो।

ऊर्जा क्षेत्रको उज्यालो भविष्य बिहीबार, पुस १९, २०८० जलविद्युत् उत्पादनमा कतिपय चुनौतीहरू पनि छन्, जस्तो कि हामीले एउटा विधेयक संसद्बाट पास गर्न वर्षौ लगाउँछौँ । वन क्षेत्रमा आयोजना निर्माण गर्न एउटा रुख काट्नुपर्यो भने महिनौँ त्यसैकालागि दौडधुप गर्नुपर्छ । वनकै रूख कटानको विषयले वर्षौँसम्म पनि आयोजनाको काम अगाडि बढाउन नसकेर रोकिएको अवस्था छ ।
![जापान भूकम्प : ७३ जनाको मृत्यु, १५ बेपत्ताको सूचीमा [अपडेट]](https://newsgriha.com/uploads/posts/japan-bhukampa-1704343857.jpg)
जापान भूकम्प : ७३ जनाको मृत्यु, १५ बेपत्ताको सूचीमा [अपडेट] बिहीबार, पुस १९, २०८० सोमबारको भूकम्पको केन्द्रबिन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए । यस्तो विपद्मा विशेषगरी पहिलो ७२ घण्टा निकै महत्वपूर्ण हुने विज्ञहरू बताउँछन ।

हतकडीसहित फरार भएका थुनुवा पक्राउ बिहीबार, पुस १९, २०८० जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशङ्कर काठमाडौंमा, परराष्ट्रमन्त्रीद्धारा स्वागत बिहीबार, पुस १९, २०८० भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि भारतीय वायु सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विमानस्थलमा विदेशमन्त्री जयशङ्करलाई परराष्ट्रमन्त्री एनपी साउदसहित परराष्ट्रका अधिकारीहरूले स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशङ्करको यो दोस्रो नेपाल भ्रमण हो ।

पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि बिहीबार, पुस १९, २०८० पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो । यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने ।

आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले पनि हेर्न सकिने बिहीबार, पुस १९, २०८० आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भए...









