क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलियो शनिबार, पुस २१, २०८०

जसपा अध्यक्ष उपेन्द्र यादवको प्रस्ताव- प्रदेश खारेज गरि पुनःसंरचना गरौँ शनिबार, पुस २१, २०८० जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको समावेशी मर्मअनुसार मुलुक अगाडि बढ्न नसकेकाले प्रदेश व्यवस्था पुनःसंरचना गर्नुपर्ने बताएका छन् । संघीय गणतन्त्र र धर्म निरपेक्षताका विरोधीहरू मैदान मै उत्रेर लागिपरेको अवस्था भएकाले सजग हुनुपर्ने पनि बताएका छन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई...

प्रहरीको गोली लागेर शुक्रबार दिउँसो मृत्यु भएका जयशंकरको शव अझै उठेन, बरहथवामा दिनभर प्रदर्शन शनिबार, पुस २१, २०८० सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । उनको शव शनिबार साँझसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

बरहथवा घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन, पीडित परिवारलाई १० लाख रुपैयाँ दिइने शनिबार, पुस २१, २०८० गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ ।शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित शनिबार, पुस २१, २०८० कोषाध्यक्षमाथि हातपात गर्ने नेपाल रेडक्रस सोसाइटी गोरखाका प्रमुख सुवास घिमिरे निलम्बनमा परेका छन् । रेडक्रस सोसाइटीका कोषाध्यक्ष ज्ञानहरि अर्याललाई कार्यालयमै हातपात गरेपछि शाखा प्रमुख घिमिरेलाई निलम्बन गरिएको हो ।

भारतीय चीज आयात रोक्न माग गर्दै उद्योगीहरू काठमाडौंमा शनिबार, पुस २१, २०८० अवैध रुपमा भित्रिएको भारतीय चीजले नेपालमा उत्पादित चीजको बजार प्रभावित भएको छ । जसका कारण नेपाली चीज उद्योगहरू प्रभावित भएका छन् । दूधको मूल्य वृद्धिसँगै चीजको मूल्य वृद्धि गर्न बाध्य भएका उद्योगीहरू भारतबाट आएको सस्तो चीजसँग प्रतिस्पर्धा गर्न नसक्दा समस्या परेको गुनासो गरेका छन् ।

सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने शनिबार, पुस २१, २०८० सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेटिने बताएका छन् ।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुने बताए । सिट बाँडफाँटको विषयमा शनिबार ४ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए ।

माइतीघरबाट डा गोविन्द केसीसहित ९ जना पक्राउ शनिबार, पुस २१, २०८० सोही कार्यक्रम अन्तर्गत शनिबार मध्याह्न केसीलगायतले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।

कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्यो शनिबार, पुस २१, २०८० नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी शनिबार, पुस २१, २०८० निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने छैन । शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवाको शव अहिलेसम्म आन्दोलनकारीकै नियन्त्रणमा छ । स्थानीय प्रशासनले स्थानीय राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्ने वातावरण बनाउन लागिपरेको छ ।

आज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने शनिबार, पुस २१, २०८० नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्न हुने जनाएको छ ।

इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले खेले एक/एक गोलको बराबरी शनिबार, पुस २१, २०८० जेनोवाले खेलको २०औँ मिनेटमा सुरुवाती गोल गरे पनि बोलोग्नाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो । यो बराबरीपछि बोलोग्ना १९ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ भने जेनोवा २२ अंकका साथ १२औँ स्थानमा छ ।
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] शनिबार, पुस २१, २०८० राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा रहेको छ ।









