News Griha :: न्यूजगृह
जयशंकरको टाउकोमा गोली हान्ने वरिष्ठ हवल्दार जिल्ला तानिए, निलम्बनको तयारी  
जयशंकरको टाउकोमा गोली हान्ने वरिष्ठ हवल्दार जिल्ला तानिए, निलम्बनको तयारी   सर्लाहीको बरहथवा घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका छन् । हवल्दार यादव इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत थिए । शुक्रबार दिउँसो प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद भएर झडप हुँदा गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । उनको टाउकोमा गोली...
बरहथवा गोलीकाण्ड : सर्लाहीमा बजार र यातायात बन्द 
बरहथवा गोलीकाण्ड : सर्लाहीमा बजार र यातायात बन्द   सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गराएका छन् । मृतक साहका आफन्त र स्थानीय सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन् । उनीहरू बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । 
गठबन्धनले राष्ट्रिय सभाको सिट बाँडफाँट टुंग्यायो, एकीकृत समाजवादी असन्तुष्ट, कसलाई कति सिट?
गठबन्धनले राष्ट्रिय सभाको सिट बाँडफाँट टुंग्यायो, एकीकृत समाजवादी असन्तुष्ट, कसलाई कति सिट? नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको १९ सिटको बाँडफाँट टुंगिएको दाबी गरेका छन् । आइतबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले सिट बाँडफाँड टुंग्याएको दाबी उनको छ । बैठकपछि बालुवाटारमा पत्रकारहरूसँग उनले कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिटमा उम्मेदवारी दिने बताए । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद, श्रीलंकन नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद, श्रीलंकन नागरिक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति फ्लाइ दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो । 
त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द
त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ ।
इजरायल–हमास युद्धमा २३ हजार मारिए
इजरायल–हमास युद्धमा २३ हजार मारिए आतङ्कवादी संगठन हमासले धेरै इजरायली नागरिकलाई बन्धक बनाएको छ । उनीहरूको रिहाईको लागि इजरायलमा मानिसहरूले विरोध प्रदर्शन गरेका छन् । बन्धकका आफन्तले बेन्जामिन नेतान्याहु सरकारलाई हटाउन माग गरेका छन् । यससँगै गाजामा जारी युद्ध अन्त्य गर्नुपर्ने उनीहरूको माग छ ।
प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकरको शव तीन दिनदेखि सडकमै, लाचार स्थानीय प्रशासन
प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकरको शव तीन दिनदेखि सडकमै, लाचार स्थानीय प्रशासन सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थल मै मृत्यु भएको थियो ।उनी प्रहरीको गोलीले जहाँ ढलेका थिए, झन्डै ४० घण्टासम्म पनि उनको शव सोही ठाउँ मै छ। सडकमा लडिरहेको...
जाजरकोट भूकम्प : रूपलालले मोबाइल बेचेर बुबाको शव निकाले 
जाजरकोट भूकम्प : रूपलालले मोबाइल बेचेर बुबाको शव निकाले  शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै भेरी नगरपालिका– १ रावतगाउँका कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ । ओत लाग्ने घर भत्किएपछि पाँच जनाको परिवार लिएर विश्वकर्मा त्रिपालमुनि पुगेका थिए । दुई छाकको जोहो गर्नै धौधौ पर्ने परिवारका उनलाई एक्कासि भूकम्पले चिसो भुँइमा त्रिपालमुनि धकेलिदियो । 
राष्ट्रियसभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन आज 
राष्ट्रियसभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन आज  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार मतदाताहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले यसअघि नै मतदाता नामावली...
कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु
कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ।
सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो
सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगस्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।
निर्वाचनको पूर्वसन्ध्यामा बङ्गलादेशमा हिंसात्मक घटनाहरू बढ्दै
निर्वाचनको पूर्वसन्ध्यामा बङ्गलादेशमा हिंसात्मक घटनाहरू बढ्दै बङ्गलादेशमा आइतबार आम निर्वाचन हुँदैछ । यो निर्वाचनको अनुगमन गर्न एक सयभन्दा बढी विदेशी पर्यवेक्षक ढाका पुगेका छन् । अवामी लिगले बीएनपीमाथि हिंसा फैलाएको आरोप लगाएको छ । शुक्रबार पनि खुल्नामा एक विद्यालयमा आगजनी भएको थियो । यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । हालै एक यात्रु बसमा...
Weather Update