यी हुन् एमालेबाट राष्ट्रिय सभाका १९ उम्मेदवार, कुन प्रदेशबाट को ? सोमबार, पुस २३, २०८०

आजको मौसमः वर्षा र हिमपातको सम्भावना छैन सोमबार, पुस २३, २०८० जल तथा मौसम विज्ञान विभागले आज मौसम आंशिक बदलीदेखि सफा रहने जनाएको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।काठमाडौंमा बिहान ५:४५ को न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ...

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी मनोनयन दर्ता सोमबार, पुस २३, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ । सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार सोमबार, पुस २३, २०८० नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।
![संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गरौँ : रघुजी पन्त [भिडिओ]](https://newsgriha.com/uploads/posts/Raguji-Pant--1704629645.jpg)
संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गरौँ : रघुजी पन्त [भिडिओ] आइतबार, पुस २२, २०८०

वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकले चलायो मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर आइतबार, पुस २२, २०८० बैंकले मधेश प्रदेश अन्तर्गत सिरहाको सुखीपुर स्वास्थ्य चौकीमा र गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित पोखरे आधारभुत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सुखीपुर स्वास्थ्य शिविरमा १७० र पोखरे आधारभुत विद्यालयमा १८० भन्दा बढि महिलाको स्वास्थ्य चेकजाँच गरिएको बैंकले जनाएको छ । शिविरबाट महिलाहरू प्रत्यक्षरूपमा लाभान्वित भएका बैंकको विश्वास छ ।

टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न अदालतको आदेश आइतबार, पुस २२, २०८० अदालत समक्ष उपस्थित गराइएका भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली र सूर्यप्रसाद कोइरालाको बहस गरेका थिए । यस्तै अदालतले जिल्ला प्रहरी परिसर टेकुको मिसिल अध्ययनसमेत गरेको थियो । भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि पक्राउ परेका थिए ।

राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन, सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा आइतबार, पुस २२, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ ।

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्ड र देउवा सहमत आइतबार, पुस २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला सोमबार राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदैछन् ।

पहिलो कारोबार दिन नै २६ अङ्कले घट्यो नेप्से, ५ अर्बको शेयर खरिदबिक्री आइतबार, पुस २२, २०८० साताको पहिलो दिन बजार परिसूचक नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.३६ अङ्कले घटेर २०२२.९२ विन्दुमा रोकिएको हो । १.२८ प्रतिशतको गिरावटका बाबजुद बजारमा ५ अर्ब २४ करोड रुपैयाँको खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

यी हुन् माओवादीबाट राष्ट्रिय सभाका ६ उम्मेदवार आइतबार, पुस २२, २०८० सोमबार उम्मेदवारी मनोनयन गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रिय सभामा पठाउने सबै ६ जनाको नाम टुंगो लगाएको हो । माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, कर्णालीबाट विष्णु बिक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको हो ।

केकभित्र गाँजा राखेर अनलाइनमार्फत बेच्ने एकजना पक्राउ आइतबार, पुस २२, २०८० प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट बिसन मानन्धरलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्याउने गरेका थिए ।

भारतीय दूतावासमार्फत सोझै २० करोड लगानी, घेराबन्दीमा प्रधानमन्त्री आइतबार, पुस २२, २०८० नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले विभिन्न सहमति र सम्झौता गरेर शुक्रबार स्वदेश फर्किए । फर्किनुअघि पशुपतिनाथ दर्शन गरी रुद्राक्षको बिरुवा रोप्दै आफ्नो स्मृति छाडेर बिदाई भए । उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर मात्र भएन नेपालको...









