राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं— राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।
सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्ने छन्।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० ०६:३४