News Griha :: न्यूजगृह
पहिलो कारोबार दिन नै २६ अङ्कले घट्यो नेप्से, ५ अर्बको शेयर खरिदबिक्री

काठमाडौं—  साताको पहिलो दिन बजार परिसूचक नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.३६ अङ्कले घटेर २०२२.९२ विन्दुमा रोकिएको हो ।  

१.२८ प्रतिशतको गिरावटका बाबजुद बजारमा ५ अर्ब २४ करोड रुपैयाँको खरिदबिक्री भएको नेप्सेले जनाएको छ । दिनभरिमा १ करोड ५२ लाख कित्ता शेयर बिक्री हुँदा उक्त परिमाणको कारोबार भएको हो । योसँगै ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको र ६ वटाको बिहीबारकै मूल्यमा कारोबार भएको छ । 

आज बजारमा सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले बढेपछि उनीहरूले प्रतिकित्ता ३८.८० रुपैयाँ कमाएका हुन् । बजारमा आज लगानीकर्ताले ६.६९ प्रतिशतसम्म नोक्सानी ब्यहोर्नुपरेको छ । मानुषी लघुवित्तका शेयरधनीले उक्त दरमा गुमाउँदा नेपाल रिपब्लिक मिडियाकाले ६.४९, शुभम् पावरकाले ६.३३, चिर्ख्वा हाइड्रोका शेयरधनीले ५.६३ प्रतिशत गुमाएका छन् । 

सर्वाधिक कारोबारमा भने सोनापुर मिनरल्स अगाडि रह्यो । कम्पनीको २८ करोडको शेयर कारोबार भएको हो । दिनभरिमा ९८ हजार ६ सय ३२ पटक कारोबार भएको थियो।   

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:२३
Weather Update