News Griha :: न्यूजगृह
८.७१ अङ्कले घटेको नेप्सेमा ५ अर्ब ५८ करोडको कारोबार

काठमाडौं साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयर बजारको परिसूचक नेप्सेमा ८.७१ अङ्कले घटेर परिसूचक २०४९ विन्दुमा रोकिएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोड १ लाखको भएको छ । 

३०३ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घट्यो भने ५ को शेयर मूल्य स्थिर रह्यो । समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.११ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ ।

बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे । समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावर, सिंगटी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।

नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य करिव १० प्रतिशतले नै बढ्यो ।तर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै (६.५६) प्रतिशत गुमाए । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:४४
Weather Update