प्रधानमन्त्रीको निर्देशनपछि
कार्यालय भवन उद्घाटनको दिन दिइएको बिदा सुनापति गाउँपालिकाले फिर्ता लियो

काठमाडौं— रामेछापको सुनापति गाउँपालिकाले दिएको सार्वजनिक बिदा फिर्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन लागेको भन्दै पालिकाले सूचना नै जारी गरी सार्वजनिक बिदा दिएको थियो ।
यो पनि पढ्नुहोस
कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा
त्यसबारे जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले बिदा नदिन र बालबालिकालाई प्रयोग नगर्न भन्दै निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
गाउँपालिकाले सबै सरकारी कार्यालय, सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो ।
गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले भने निर्णयबारे पुनः छलफल गरेपछि बिदा फिर्ता लिएको बताएका छन् । 'सार्वजनिक बिदा दिने निर्णय गरेपछि पुन: छलफल गर्दा उचित नभएको धारणा आएपछि फिर्ता लिएका हौं,' अध्यक्ष तामाङले भने ।
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८० १९:०१