
विद्युत महसुल विवाद : प्रधानमन्त्री आश्वासन दिँदै, प्राधिकरण तर्साउँदै शनिबार, पुस १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादको समाधान गर्न उच्च तहको आयोग बनाउने आश्वासन दिएको थाहा भएको छ ।

प्राधिकरणले काट्यो थप १४ उद्योगको विद्युत् लाइन शनिबार, पुस १४, २०८० प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको हो । गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो ।

फेरि विश्वकै धनी व्यक्ति बने एलोन मस्क शनिबार, पुस १४, २०८० ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलोन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । मस्कले बिहीबार थप ९५.४ बिलियन डलर कमाइसकेका छन् । लक्जरी उत्पादनको मागमा कमी आएको छ ।

बालकुमारी घटना- 'वीरेन्द्रको गोली लागेर र सुजनको भागदौडमा मृत्यु' शुक्रबार, पुस १३, २०८० ललितपुरको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको दाबी प्रहरीले गरेको छ । ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले जारी गरेको विज्ञप्तिमा दुवै...

के सन्दीप तत्काल जेल जानु पर्दैन ? शुक्रबार, पुस १३, २०८० क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहरिएसँगै उनी जेल जाने भएका छन् । तर, उनले जेलबाहिरै रहेर पुनरावेदन गर्न सक्नेछन् ।कानुन अनुसार १० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेलबाहिरै रहेर पुनरावेदन गर्न सकिन्छ । सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २...

यशोदा फुड्सले भन्यो- करेन्ट चाउचाउको उत्पादन र बिक्रीवितरणमा रोक लागेको छैन, अनर्गल प्रचार भयो शुक्रबार, पुस १३, २०८० यशोदा फुड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र बिक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाइपाउँ भन्दै परेको उजुरीविरुद्ध उद्योग विभागले गत जेठ २९ गते नै निर्णय गरेको तथा उच्च अदालत पाटनमा परेको मुद्दामा पनि अदालतले यथास्थितिमै राखेको भएपनि यशोदा फुड्सले आफूविरुद्ध नियोजित...

गौशाला-२६ को सहमतिबिना सन्दीपले सम्बन्ध राखेको अदालतको ठहर, सन्दीपले पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाए शुक्रबार, पुस १३, २०८० जिल्ला अदालतले काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने गौशाला-२६ लाई बालिग ठहर गरेको छ । तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी मानेका छन् ।

गौशाला-२६ बालिग ठहर, सन्दीपलाई ७ देखि १० वर्षसम्म जेल हुनसक्ने शुक्रबार, पुस १३, २०८० सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई सजायको आदेश दिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने...

नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर शुक्रबार, पुस १३, २०८० नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले शुक्रबार सजाय...
बालकुमारी घटनाबारे रवि लामिछानेको टिप्पणी- 'यो राज्यले गरेको हत्या हो' शुक्रबार, पुस १३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदाङ्गो भएको टिप्पणी गरेका छन् । शुक्रबार भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने उनको भनाइ छ ।

जनयुद्ध दिवस मनाउने निर्णय बदर शुक्रबार, पुस १३, २०८० फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा...

गोठाटारमा सोफा फ्याक्ट्रीमा आगलागी शुक्रबार, पुस १३, २०८० काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । करिब दुई घण्टा अगाडिदेखि आगलागी सुरु भएको हो ।


-1703941294.jpg)






